पूर्व मन्त्री पोखरेल श्रीलंकामा सम्मानित

अर्थ/बाणिज्य पर्यटन ब्रेकिङ्ग समाचार मुख्य समाचार समाचार

प्रकाशित मिति: २ आश्विन २०७५, मंगलवार १५:०१

दोलखा/पूर्व पर्यटन मन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य आनन्दप्रसाद पोखरेल श्रीलंकामा भएको एक कार्यक्रममा ग्लोबल एवार्ड २०१८ बाट सम्मानित भएका छन् ।
हाल श्रीलंका भ्रमणमा रहेका पोखरेललाई श्रीलंकाको राजधानि कोलम्बोमा आयोजित ग्लोबल पार्लियामेन्टरियन फोरम फर इभ्यालुएशनको प्रथम सम्मेलनको अवसरमा ग्लोबल एवार्ड २०१८ बाट सम्मानित गरिएको हो । पोखरेललाई उक्त सम्मान श्रीलंकाका प्रधानमन्त्री बिक्रम सिंहले प्रदान गरेका थिए । पोखरेल पार्लियामेन्टिरियन फोरममा रहेर बिभिन्न गतिविधिमा सक्रिय रहदै आएका छन् ।
चिनमा दुई सम्झैता
पूर्व पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेल अध्यक्ष रहेको नेपाल चिन हिमालयन मैत्री समाजले चिनको तिब्बत र सिचुवानमा दुई छुट्टाछुट्टै सम्झौता गरेर नेपालमा बिभिन्न क्षेत्रको विकासको लागि चिन सरकारको सहयोग समेत भित्राएका छन् ।
चिनको ल्हासामा सम्पन्न चिन तिब्बत चौथो सांस्कृतिक एवं पर्यटन एक्सपोको अवसरमा पिपुल्स एशोसीयसन फर फ्रेण्डशिप वथ फरेन कन्ट्रि तिब्बत र नेपाल चिन हिमालयन मैत्री समाज नेपाल बीच चिनसंग सिमाना जोडिएको नेपालको बिभिन्न जिल्लामा बिभिन्न क्षेत्रमा काम गर्ने गरी सभामुख कृष्णबहादुर महराको उपस्थितिमा नीतिगत सम्झौता भएको छ ।
त्यसैगरी चिनको सिचुवानमा अनहुई चेम्बर अफ कर्मश र नेपाल चिन हिमालयन मैत्री समाज बीच बिभिन्न क्षेत्रमा साझेदारी गर्ने नीतिगत समझदारी भएको छ । दुबै सम्झौताले नेपाल र चिन बीचको सम्बन्धमा थप टेवा पुग्ने र नेपालको विशेषगरी हिमाली क्षेत्रको विकास र समृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने पूर्व मन्त्री एवं समाजका अध्यक्ष पोखरेलले बताए ।



तपाईंहरुको प्रतिकृया