क्वानमुकान कराँते डो मा भरतकुमार

खेलकुद दोलखा बिशेष समाचार

प्रकाशित मिति: २९ असार २०७७, सोमबार १०:५७

दोलखा/दोलखा जिल्लामा सक्रिय युवा भरतकुमार श्रेष्ठको अध्यक्षतामा नेपाल क्वानमुकान कराँते डो जिल्ला संघ गठन भएको छ । नेपाल क्वानमुकान कराँते डो संघ केन्द्रको पत्रअनुसार जिल्ला खेलकुद विकास समिति दोलखाले डो को जिल्ला संघ गठन गरेको समितिका अध्यक्ष रोहित खड्काले बताउनु भयो ।
नेपाल क्वानमुकान कराँते डो जिल्ला संघको उपाध्यक्ष रिता रिमाल, सचिव चन्द्रकुमार तमाङ र कोषाध्यक्ष कमला कार्की रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा रविन पाख्रिन, विकल खड्का र नवराज श्रेष्ठ रहनु भएको जिल्ला खेलकुद विकास समिति दोलखाले जनाएको छ ।
संघले दोलखामा क्वानमुकान कराँत हरेक युवा र विद्यार्थी माझ पु¥याउन बिभिन्न रचनात्मक कार्यक्रम र दैनिक तालिमको व्यवस्था गर्ने र अन्य खेलकुद गतिविधिमा समेत सहयोग गर्ने अध्यक्ष श्रेष्ठले बताउनु भयो ।



तपाईंहरुको प्रतिकृया