मैत्रीपूर्ण फुटसल प्रतियोगीता

खेलकुद ब्रेकिङ्ग समाचार सूचना प्रबिधि

प्रकाशित मिति: १५ फाल्गुन २०७६, बिहीबार १३:५२

दोलखा/नेपाल पत्रकार महासंघ दोलखा शाखाको भवन निर्माणमा सहयोग गर्ने उदेश्यले ग्रामीण उद्यम विकास केन्द्र दोलखा र नेपाल पत्रकार महासंघ दोलखा शाखा बीच मैत्रीपूर्ण फुटसल प्रतियोगीता सम्पन्न भएको छ ।
सो अवसरमा ग्रामीण उद्यम विकास केन्द्र दोलखाले नेपाल पत्रकार महासंघ दोलखा शाखाको भवन निमार्णको लागि ५० हजार रुपैया सहयोग गरेको छ । कार्यक्रमका प्रमुख अतिथि दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा पौडेलले नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष जीवन लामालाई ५० हजार रुपैयाको चेक हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा पौडेल, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामा, ग्रामीण उद्यम विकास केन्द्र दोलखाका अध्यक्ष जगदीश शिवाकोटी, जिल्ला खेलकुद विकास समिति दोलखाका अध्यक्ष रोहित खड्का, दोलखा जिल्ला फुटबल संघका अध्यक्ष गोविन्द श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।



तपाईंहरुको प्रतिकृया