दोलखा बुद्धिचाल संघमा राजिव

खेलकुद समाचार स्थानीय समाचार

प्रकाशित मिति: १९ श्रावण २०७६, आईतवार ११:३६

दोलखा/जिल्ला बुद्धिचाल संघ दोलखाको अध्यक्षमा राजिव कार्की चयन हुनु् भएको छ । संघको चौथौ जिल्ला अधिवेशनले कार्कीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।
संघको उपाध्यक्षमा ईन्द्रकुमार बस्नेत, सचिवमा कमल चौलागाँई र कोषाध्यक्षमा कर्णसिंह थामी चयन हुनु भएको छ । सदस्यहरुमा केशव रिजाल, उत्तम ढुङ्गेल, पुष्प केसी, नवराज थापा र यज्ञप्रसाद चौलागाँई चयन हुनु भएको जिल्ला बुद्धिचाल संघ दोलखाले जनाएको छ ।



तपाईंहरुको प्रतिकृया