सकियो दोलखामा फुटबल मेला

खेलकुद दोलखा बिशेष ब्रेकिङ्ग समाचार समाचार

प्रकाशित मिति: १४ असार २०७६, शनिबार १५:५२

दोलखा/दोलखा सदरमुकाम चरिकोटमा १० दिन अघिबाट सुरु भएको फुटबल उत्सव आज सकिएको छ । अखिल नेपाल फुटबल संघको बार्षिक कार्यक्रम अनुसार दोलखा जिल्ला फुटबल संघले तीन वटा खेल सञ्चालन गरेको थियो ।
अखिल नेपाल फुटबल संघको बार्षिक कार्यक्रम अनुसार सुरु भएको दोलखा जिल्ला लिग प्रतियोगीतामा टाईगर टिम तिखातल विजयी भएको छ । शनिवार भएको फाईनल खेलमा टाईगर टिम तिखातलले चरिकोट सिटी क्लबलाई दुई शुन्यको अग्रतामा हराएको थियो । प्रतियोगीतामा चरिकोट सिटी क्लब द्धितिय र दोलखा यूनाईटेड चरिकोट तथा खाडाँदेवी युवा समाज शैलुङ तृतिय भएका थिए । प्रतियोगीतामा दोलखाका ११ वटा ए डिभिजनका क्लबहरुको सहभागिता रहेको थियो ।
त्यसैगरी क्वीक अन्तर विद्यालय स्तरीय छात्र फुटबल प्रतियोगीतामा त्रिपुरा ग्लोरियस एकाडमिक चरिकोट प्रथम तथा मोर्डन नेपाल बोर्डिङ स्कूल चरिकोट द्धितिय भएका छन् । प्रतियोगीतामा जिल्लाका बिभिन्न १५ वटा विद्यालयको सहभागिता रहेको थियो ।
त्यसैगरी क्वीक अन्तर विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगीतामा हनुमन्तेश्वर मावि काब्रे मैनापोखरी प्रथम भएको छ । शनिवार नै भएको खेलमा हनुमन्तेश्वरले राईजिङ स्टार बोर्डिङ स्कूल चरिकोटलाई एक शुन्यको अग्रतामा हराएको थियो । जिल्लाको बिभिन्न १२ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगीतामा राईजिङ स्टार बोर्डिङ स्कूल चरिकोट द्धितिय भएको छ ।
शनिवार जिल्ला समन्वय समिति दोलखाका प्रमुख भरत केसीले विजयी टिम तथा खेलाडिलाई शिल्ड, मेडल र प्रमाणपत्र वितरण गर्नु भयो । दोलखा जिल्ला फुटबल संघका अध्यक्ष गोविन्द श्रेष्ठको सभापतित्वमा भएको पुरस्कार वितरण कार्यक्रममा समन्वय प्रमुख डबल पाण्डे, भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसी लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । प्रतियोगीतामा विजयी टिमले प्रदेश स्तरीय खेलमा सहभागिता जनाउन पाउने दोलखा जिल्ला फुटबल संघका अध्यक्ष गोविन्द श्रेष्ठले बताउनु भयो ।



तपाईंहरुको प्रतिकृया