पाँच घर पहिरोको उच्च जोखिममा

समाचार स्थानीय समाचार

प्रकाशित मिति: ३ आश्विन २०७६, शुक्रबार १२:००

दोलखा/दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर २ मा पर्ने नागदह सडक खण्ड मर्मत गर्ने क्रममा पाँच घर पहिरोको उच्च जोखिममा परेका छन् ।
भीमेश्वर नगरपालिका वडा नं २ तल्लो गगरसका चार र फुलपामा एक घर गरी जम्मा पाँच घर पहिरोको उच्च जोखिममा परेको स्थानियको गुनासो छ । तल्लो गगरसका अमला थामी, आईती थामी, सोमलाल थामी र मानबहादुर थामीको घर मुनिबाट जुनसुकै बेला पहिरोले तान्न सक्ने जोखिम रहेको स्थानिय अमला थामीको भनाई छ । त्यसैगरी फूलपाका तिर्थबहादुर थामीको घर समेत पहिरोको उच्च जोखिममा परेको छ ।
स्थानियहरुले भीमेश्वर नगरपालिकामा आफूहरु पहिरोको जोखिममा परेको बारे जानकारी दिएपछि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मानबहादुर खड्कासहित प्राविधिकहरुको टोलीले उक्त पहिरोको अवलोकन गरेको छ । अवलोकनका क्रममा आईती थामी र अमला थामीको घर पहिरोको उच्च जोखिममा रहेको भन्दै नजिकै रहेको फूलपा प्राथामिक विद्यालयमा बसोबास गर्न आग्रह गरिएको प्रमुख प्रशासकिय अधिकृत खड्काले बताउनुभयो । खड्काका अनुसार सडक मर्मत गर्ने निमार्ण कम्पनीलाई यथाशिघ्र पहिरो जोखिम क्षेत्रको काम सम्पन्न निर्देशन दिईसकेको छ । गर्न नगरपालिकाले सडक मर्मत अन्र्तगत फराकिलो बनाउने क्रममा स्काभेटरले खन्दा सडकमाथिबाट पहिरो जाँदा नजिकै रहेका घरहरु पहिरोको जोखिममा परेका हुन् ।



तपाईंहरुको प्रतिकृया