अष्ट्रेलियामा स्याङ्जा सोसाइटी

प्रवास मुख्य समाचार समाचार

प्रकाशित मिति: २० फाल्गुन २०७६, मंगलवार ११:५९

सिडनी । अष्ट्रेलियामा बसोवास गर्ने स्याङ्जा जिल्लावासीले स्याङ्जा सोसाइटी अष्ट्रेलियाको गठन गरेका छन् ।
सिड्नीमा हालै आयोजित एक भेलाले ग्लोबल कन्सल्टका सिईओ दिपक क्षेत्रीको अध्यक्षतामा उक्त सोसाइटीको गठन गरेको हो ।
भेलामा अष्ट्रेलियामा स्थायी बसोवास गर्ने तथा पढ्ने सिलसिलामा अष्ट्रेलिया पुगेका विद्यार्थीहरुको ठूलो उपस्थिति रहेको थियो ।
स्याङ्जाबाट अष्ट्रेलिया पुगेका नेपालीहरु विच आपसी सम्बन्ध बढाउने तथा सुुख दुखमा साथदिन सहयोग पुगोस भन्ने उदेश्यले सोसाइटीको गठन गरिएको अध्यक्ष दिपक क्षेत्रीले बताए ।
उक्त सोसाईटीमा उपाध्यक्ष शितल गिरी, महासचिव राम केसी,सचिव विशाल श्रेष्ठ, कोषाध्यक्ष सिर्जना पाण्डे , स्पोर्ट्स कोअर्डिनेटर राम न्यौपाने, प्रोग्राम कोअर्डिनेटर सुवास रानाभाट र कल्चरल कोअर्डिनेटरमा दिलिप अर्याल रहेका छन् । त्यसैगरी संस्थाको सदस्यहरुमा योगेन्द्र पौडेल, आशिष जंग थापा ,सुमन रेग्मी, निरु केसी, सुजना राना, विशाल राना, नरेश मल्ल,पदम अधिकारी , रमेश थापा,राजन लम्साल,सन्तोष रेग्मी, नवराज लम्साल, सन्तोषकुमार खाँड, उमेश पौडेल,बालकृष्ण लम्साल, विष्णु अर्याल, दिपक न्यौपाने र पदम केसी रहेका छन् ।
भेलाले सोसाइटीको सल्लाहकार समितिको पनि चयन गरेको छ । उक्त समितिमा विष्णु हमाल, महेन्द्रकुमार लम्साल , सिके भुषाल,डा.शम्शेरसिंह थापा, भुपेन केसी, सुमन शाही र श्यामकुमारी तिवारी रहेका छन् ।



तपाईंहरुको प्रतिकृया