पत्रकारको भवन निर्माणमा सिमेन्ट सहयोग

मुख्य समाचार समाचार सूचना प्रबिधि स्थानीय समाचार

प्रकाशित मिति: १७ आश्विन २०७६, शुक्रबार ११:२६

दोलखा/नेपाल पत्रकार महासंघ दोलखाको भवन निर्माणमा सहयोग गर्न दोलखा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष एवं समाजसेवी रामेश्वर मानन्धरले सिमेन्ट सहयोग गर्नु भएको छ ।
समाजसेवी मानन्धरले महासंघको भवन निर्माणको लागि २५ बोरा सिमेन्ट सहयोग गर्नुभएको नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामाले बताउनु भयो । मानन्धरले नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाका अध्यक्ष लामालाई सिमेन्ट हस्तान्तरण गर्नुभएको थियो । जिल्ला शाखाको भवन निर्माणको लागि दोलखाका विभिन्न संघसंस्था, व्यक्तिहरुले सहयोग गरिरहेको लामाले बताउनु भएको छ ।
महासंघको भवन निर्माण कार्य सम्पन्न हुन लागेकोले अब चाँडैनै आफ्नै कार्यालबाट नियमित कार्य सञ्चालन गर्ने र भवनलाई दोलखाकै पहिलो पर्यटन सूचना केन्द्रको रुपमा विकास गर्ने अध्यक्ष लामाले बताउनु भयो ।



तपाईंहरुको प्रतिकृया