जडिबुटिको प्रयोग गरेर ग्यासट्रिक, जण्डिस, सर्पदशां र पत्थरीको उपचार

जीवन शैली ब्रेकिङ्ग समाचार शिक्षा स्थानीय समाचार स्वास्थ्य

प्रकाशित मिति: ३ चैत्र २०७६, सोमबार ०९:०२

सृष्टी सुनुवार

दाेलखा/दोलखा जिल्ला भिमेश्वर नगरपालिका वडा नं ५ विसुन्टोल निवासी ५५ बर्षिय गोपिनी कार्की । उहाँलाई मान्छेहरुले गुरुआमा भनेर चिन्छन् । सामान्यतः हामी ज्ञानको ज्योति छर्ने कार्यमा खटिने व्यक्तिलाई  गुरुआमा वा गुरुबा भनेर सम्वोधन गर्छौ तर गोपिनी कार्कीले ज्ञानको ज्योति छर्ने हैन जडिबुटिको प्रयोग गर्दै मान्छेलाई स्वस्थ जीवन जिउनका लागि सहयोग गर्ने कार्य गर्छिन् ।
दोलखाको महत्वपूर्ण धार्मिक स्थलमध्ये एक महाङकाली भगवतिको मन्दिर छेऊमै आफ्नो आफन्त देवरको घरमा बस्दै आएकी कार्कीले हाल सम्म ३६० जना भन्दा बढिको  सफल उपचार गरेको बताउँछिन् । ग्यासट्रिक, जण्डिस, सर्पदशां, पत्थरीको उपचार जडिबुटिबाटै गर्ने गरेको दावी उनीले गरिन् । कसरी तपार्इृले यी ज्ञानहरु आर्जन गर्नुभयो भन्ने प्रश्नमा उनले आखाँ भरी आशु पार्दै भनिन् “दुःख सँगै जीवनमा नयाँ बाटोहरु खुल्ने रहेछन् ।”
उनीको श्रीमान वितेको १४ बर्ष भयो, २ जना छोरा र १ जना छोरीलाई हुकाई बढाई अहिले उनले आफ्नो बाटोमा लगाईसकेकी छन् । उनको श्रीमान वितेपछि छोरीलाई दुःख नहोस् भन्नका लागि उनका बुबाले आफुले गर्दै आएको जडिबुटिको प्रयोग गरी गरिने उपचार पद्धतिको विषयमा छोरीलाई ज्ञान दिए । त्यसपछि उनले स्थानीय वनजंगलमा पाइने जडिबुटिको बारेमा खोजी गर्ने, रोप्ने र उपचार पद्धतिमा प्रयोग गर्ने काम गरिन् । यसरी औषधि प्रयोग गर्दा कुनै गलत असर देखा परेर समस्यामा त पर्नु भएको छैन भन्ने अर्को प्रश्नमा उनले भनिन् “अहिले सम्म कुनै त्यस्तो घटना भएको छैन, कति पैसा खर्च गरेर निको नभएका पुराना ग्यासट्रिकका विरामी मैले ठीक गरेकी छु, हरेऊ, माउसुलीले डसेर घाइते भएका मान्छे तथा पशुहरुलाई समेत ठीक बनाएकी छु” उनले आत्मविश्वासका साथ भनिन् ।
आफ्नो श्रीमान वितेपछि आफुनो परिवारलाई संचालन गर्नका लागि उनलाई आफ्ना आफन्तले साथ दिए । आफ्नो जीन्दगी चलाउनका लागि आफुले दुख गर्नेपर्ने भन्दै उनले एउटा गाई, ३ वटा बाख्रा पालेकी छिन् ।  यसैगरी दुई चार पैसा भने पनि आम्दानी हुन्छ भनेर मन्दिरमा आउने  दर्शनार्थीलाई लक्षित गर्दै  चिया, विस्कुट खुवाउन उनले सानो खुद्रा पसल पनि चलाएकी छिन् । २०७२ सालको भुकम्पले उनी बस्दै आएको देवरको घर पूर्ण रुपमा भत्कियो, पसलमा गरेको लगानी पनि सबै खेर गयो तर उनले हिम्मत हारिन्न र पछि फेरी सामान राखिन् । भुकम्पपछि उनले आफ्नो घर बनाएपनि अहिले उनी देवरकै घरमा बस्दै आएकी छिन् । देवरहरु काठमाण्डौ बस्ने भएकाले खेतिपातीको रेखदेख तथा अन्य परिआएका कामहरु गर्नका लागि उनी देवरबाबुकै घरमा बस्दै आएकी छिन् ।
उनले उपचार गरी निको भएका मानिस तथा चरिकोट, काठमाण्डौ लगायतका ठाउँमा बस्ने आफन्तहरुले पनि उनलाई अब अलि केन्द्र पर्ने ठाउँमा गएर बस्नु, धेरै दुःख नगर्नु, जानेको कुरा गर्दै जडिबुटि संकलन गरेर उपचार गरी त्यही आम्दानीले खान पुग्छ र बाकी कुरामा हामी आफै हेर्छो भनेका छन् तर उनी कैसैको भर पर्ने भन्दा पनि हातखुट्टा चले सम्म आफ्नै ठाउँमा आफैले काम गर्ने पक्षमा छिन् ।



तपाईंहरुको प्रतिकृया