छोकीको सगरमाथा यात्रा

जीवन शैली पर्यटन फिचर समाचार ब्रेकिङ्ग समाचार मुख्य समाचार समाचार

प्रकाशित मिति: २७ जेष्ठ २०७५, आईतवार १२:०८

दोलखा/उमेरले २७ औ वसन्त पार गर्दैछिन छोकी शेर्पा । हिम आरोहिहरुको गाँउ दोलखा गौरीशङ्कर गाँउपालिका वडा नम्बर ९ सिमिगाँउमा जन्मिएकी छोकीको सपना सानै देखि सगरमाथाको चुचुरानै थियो ।
२०७५ जेठ २ गते मध्यान्न १२ बजेर १५ मिनेट जाँदा छोकीले जीवनकै सबैभन्दा ठुलो सफलता र खुशी प्राप्त गर्न सकिन । किनभने त्यो दिन, त्यो समय उनले २०÷२२ बर्ष अघिदेखि देखेको सगरमाथाको चुचुरो चुम्ने सपना पुरा भएको थियो । सगरमाथा आरोहणको अनुभूति सुनाउदै गर्दा छोकी निक्कै रोमाञ्चित भएकी थिईन् । विश्वको सर्वोच्च सिखर सगरमाथाको चुचुरोमा पुग्दाको खुशी म अहिले बयान गर्नै सक्दिन – छोकीले भनिन् । सगरमाथाको चुचुरोमा पुग्दा अन्य हिमश्रीङ्खलाहरु साना देखिने, आकाश नजिकै हातैले छुईए जस्तै हुने, खै म त केहि बयान गर्नै सक्दिन – उनले रोमाञ्चित हुदै भनिन् । माध्यामीक तहको अध्यन सकेर पाँच बर्ष कोरिया बस्दा उनको सगरमाथाको चुचुरा चुम्ने सपना झन बलियो बन्दै गएको थियो । त्यो अवधिमा उनले सगरमाथाको चुचुरामा बुद्धको झण्डा र बुद्धको मूर्ति समेत पु¥याएर बुद्ध नेपालमै जन्मिएका हुन भनेर सन्देश दिने प्रतिज्ञा समेत गरिन । कोरिया बसाईको क्रममा धेरै कोरियनहरुले नेपाल छुट्टै देश हो भन्ने समेत थाहा नपाएको र बुद्ध भारतमा जन्मिएको भनेर भ्रम पालिरहेकोले आफुले सगरमाथाको चुचुरामा पुगेर बुद्ध नेपालमा जन्मिएका हुन भनेर विश्वलाई सन्देश दिन चाहेको र त्यो सपना पुरा भएको उनले बताईन् ।
उनले यो सपना पुरा गर्न भने निक्कै कष्ट भोग्नु परेको थियो । पहिलो कुरा त सगरमाथा आरोहण गर्न झण्डै २५ लाख खर्च लाग्ने भएकोले त्यसको जोहो गर्न मलाई निक्कै मुश्किल भयो छोकीले भनिन् – बल्ल तल्ल खर्च व्यवस्थापन गरेर आरोहणमा जाँदा महिला भएकोले शारिरीक रुपमा समेत कष्ट भोग्नु प¥यो । प्राकृतिक रुपमै पुरुषको तुलनामा महिलाहरु कमजोर हुने भएकोले आरोहणको क्रममा केहि कष्ट भएको छोकीको अनुभव छ । तर आरोहणको क्रममा आरोहण टिमले महिला र पुरुषमा विभेद नगर्ने भएकोले आफुलाई सहज भएको उनको भनाई छ । सगरमाथामा महिला र पुरुष बीचमा कुनै विभेद हुदैन रहेछ छोकीले भनिन् – यो कुरा अन्य क्षेत्रमा समेत अनुकरण गरिनु पर्छ । आरोहणको क्रममा क्याम्प ३ बाट माथि जाँदा मौसमको कारण फर्कनु परेको र सो क्रममा झण्डै २ सय मीटर तल खसेर समेत बाँच्न सकेको घट्ना उनको जीवनकै कहाली लाग्दो र अविश्मरणीय घट्ना बनेको छ ।
सगरमाथाको सफल आरोहण गरेर फर्किए पछि अहिले आम रुपमा आफुलाई हेर्ने समाजको दृष्टिकोणमा परिर्वतन भएको छोकीको अनुभव छ । उनी भन्छिन् – अहिले मलाई हरेक मानिसले सम्मान पुर्वक केहि अपेक्षा राखेर हेर्ने र व्यवहार गर्ने गरेका छन् । अब उनी महिला शसक्ती करण र पीडामा परेका महिला, बालबालिका तथा अन्य विपन्न वर्गका मानिसको लागि सहयोग गर्ने अभियानमा सक्रिय बन्ने योजनामा छिन् । सगरमाथा आरोहण पछि मेरो मनोवल बढेको छ अब म प्रधानमन्त्री केपी ओलीले भन्नु भए जस्तै यो उच्च मनोवललाई महिला शसक्तिकरण र समाजको विकासको लागि प्रयोग गर्ने छु – छोकीले भनिन् ।
काठमाडौँमा फोहर देखेकी छोकी सगरमाथामा समेत त्यस्तै फोहरको राश देखेर भने निक्कै आहत बनेकी छन् । कम से कम सगरमाथामा त सफा र स्वच्छ वातावरण होला भन्ने ठानेको थिए छोकीले भनिन् – तर मानिसले सगरमाथालाई पनि छोडेका रैनछन् । उनको लक्ष्य अब सगरमाथालाई सफा बनाउनु पनि रहेको छ ।



तपाईंहरुको प्रतिकृया