भानु जयन्तीमा पुस्तक सार्वजनिक
प्रकाशित मिति: २९ असार २०७७, सोमबार १०:३१
दोलखा/२०७ औ भानु जयन्तीको अवसरमा ‘दोलखा साहित्य यात्रा’ पुस्तक सार्वजनिक गरिएको छ । दोलखाको भीमेश्वर नगरपालिकाले प्रकाशन गरेको पुस्तकको सम्पादन बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिले गरेको थियो ।
बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिको तर्फबाट चिरञ्जीवी मास्के र जीवन लामा सम्पादन तथा शम्भु गौतम भाषा सम्पादनक रहेको २१२ पेजको पुस्तकमा कविता २३ वटा, कथा ६ वटा, निबन्ध ६ वटा, गजल ६ वटा, संस्मरण ३ वटा, लघुकथा २ वटा, गित १ वटा, नाटक १ वटा र यात्रा संस्मरण १ वटा गरी ४९ वटा रचना समेटिएको छ ।
भीमेश्वर नगरपालिकाका प्रमुख भरत बहादुर केसीको सभापतित्वमा सम्पन्न पुस्तक विमोचन तथा साहित्यिक अन्र्तक्रिया कार्यक्रममा उपप्रमुख कमला वस्नेत, प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा पौडेल, भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का, कालिञ्चोक गाँउपालिकाका उपप्रमुख कालिका पाठक, बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाका संरक्षक चिरञ्जीवी मास्के, नेपाल पत्रकार महासंघ दोलखाका पूर्व अध्यक्ष राजेन्द्र मानन्धर, दोलखा साहित्य संगमका अध्यक्ष शङ्करलाल श्रेष्ठ, बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाका अध्यक्ष बिष्णु सुवेदी र नेपाल पत्रकार महासंघ दोलखाका सचिव विनिता शिवाकोटीले मनतवय व्यक्त गनुृ भएको थियो ।
कार्यक्रममा साहित्यकारहरु जीत कार्की, रविन्द्र ढुङ्गेल, सिर्जना खड्का लगायतले कविता वाचन गर्नु भएको थियो ।