ए झण्डा तिमी सधै फर्फराउनु गीत सार्वजनिक

कला साहित्य मुख्य समाचार समाचार

प्रकाशित मिति: १९ फाल्गुन २०७६, सोमबार १४:०७

काठमाडौँ/गीतकार रमेश दहालको गीत रचना, संगीतकार सन्तोष श्रेष्ठको संगीत तथा प्रशिद्घ गायक रामकृष्ण ढकालको स्वरमा एक उत्कृष्ट राष्ट्रिय गीतको लिरिकल गीत बजारमा आएको छ ।

नेपालको राष्ट्रिय झण्डाका बारेमा लेखिएको गीत ‘ए झण्डा तिमी सधै फर्फराउनु’ले झण्डाहरुबिच राष्ट्रिय झण्डाको गरिमा सधै उच्च हुनुपर्छ भनिएको छ । संगीतकार सन्तोष श्रेष्ठको संगीत तथा मनोहर सुनामको सङ्गीत संयोजनमा रेकर्ड भएको ‘ए झण्डा तिमी सधै फर्फराउनु’ बोलको गीतको म्युजिक भिडियो समेत बन्ने क्रममा छ । प्रशिद्ध ध्वनी सम्पादक भोला पौडेलको मिक्सिङ्गमा बनेको यस राष्ट्रिय भावको गीत रमेशको गीतसँग्रह ‘हिउँको फूल‘मा संलग्न छ ।

एक पछि अर्को उत्कृष्ट गीत लेख्दै आएका गीतकार दाहालको गत बर्ष ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियशी’ बोलको गीत निकै चर्चामा रह्यो । संगीतकार शक्तिबल्लभ श्रेष्ठको सङ्गीत तथा गायक सुमित खड्काको स्वरमा रहेको उक्त गीतले नेपाली नेपाली बीचमा शान्ति कायम गरी देशको विकासमा लाग्न अनुरोध गरेको थियो । हालै रेकर्ड भै युट्युबमा राखिएको ‘ए झण्डा तिमी सधै फर्फराउनु’ गीतले विश्वको जुनसुकै कुनामा गए पनि रातो र चन्द्रसुर्य अंकित नेपाली झण्डा गर्वले फहराउनु पर्छ भन्ने आग्रह गरेको छ । व्यक्ति जन्मेर मर्ने क्रम जारी रहन्छ तर झण्डा लाखौ बर्ष बाँच्नुपर्छ भन्ने आशय गीतले ब्यक्त गर्दछ ।

झण्डाहरुको माझ नेपालको झण्डा सधै उच्च रहनुपर्छ र यसले नेपालको सम्पूर्ण भूगोल समेटेर राख्नुपर्छ गीतले बोल्दछ । नेपाली झण्डाले मेची र काली, हिमाल र तराई अनि जातजाती बीच सधै समानता कायम गर्न सकोस् भन्ने आशय गीतमा व्यक्त गरिएको छ । बिगत लामो समयदेखि गीत लेखनमा सकृय गीतकार रमेशका यसै बर्ष ‘पूर्वको बादल’, हातमा घडी लगायतका गीतहरु चर्चित भैसकेका छन् । भने दर्जनौ गीत रेकर्ड भै बजारमा आउने क्रममा छन् ।



तपाईंहरुको प्रतिकृया