रमेशलाई प्रभु पे म्युजिक खवर म्युजिक अवार्ड

अर्थ/बाणिज्य कला साहित्य मुख्य समाचार

प्रकाशित मिति: २१ मंसिर २०७६, शनिबार १४:३७

काठमाडौँ/यस बर्षको प्रभु पे म्युजिक खवर म्युजिक अवार्डको राष्ट्रिय भावको गीतको अवार्ड गीतकार रमेश दहाललाई प्रदान गरिएको छ ।
लगातार उत्कृष्ट गीतहरु सिर्जना गर्दै आएका दहालले सरकारी तथा नीजिस्तरबाट प्रदान गरिने विभिन्न अवार्डहरु प्राप्त गरिरहेका छन् । यसै बर्षमात्र उनले तीन ओटा उत्कृष्ट राष्ट्रिय भावको गीतका लागि राष्ट्रिय स्तरका अवार्डहरु प्राप्त गरे भने पप तथा आधुनिक गीत विधाका लागि पनि अवार्डहरु प्राप्त गरेका छन् ।
नेपाल एकाडेमीको प्रेक्षालय, कमलादीमा सम्पन्न आठौ प्रभु पे म्युजिक खबर म्युजिक अवार्डमा प्रशिद्ध गीतकार कालिप्रसाद रिजाल, चेतन कार्की, यादव खरेल तथा चुडामणि देवकोटाको हातबाट दहालले उत्कृष्ट राष्ट्रिय भावको गीतको अवार्ड प्राप्त गरेका हुन् । गीत–सङ्गीतका विविध पक्षका अनुसन्धानकर्ता गीतकार दहालको आधुनिक, पप, र राष्ट्रिय भावका गीत धेरै रहेका छन् ।
पुरस्कार ग्रहण गर्दै दहालले भने –सबै गीतकारका गीतहरु उत्कृष्ट नै थिए, तर पनि एक गीतलाई उत्कृष्टको अवार्ड दिनै पर्ने भएको र मेरो गीत अग्रगामी सोचको वकालत गर्ने खालको भएकोले उत्कृष्ट ठहरिएको हुनसक्छ । दहाललाई ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ गीतको लागि अवार्ड प्रदान गरिएको हो ।



तपाईंहरुको प्रतिकृया