गीतकार रमेशको ‘पूर्वको बादल उड्यो’ सार्वजनिक

कला साहित्य समाचार

प्रकाशित मिति: ३० कार्तिक २०७६, शनिबार १२:०३

दोलखा/दोलखाली गीतकार रमेश दहालको शब्दमा रहेको आधुनिक गीतबजारमा आएको छ । चर्चित सँगीतकार भानु थापाको सँगीत तथा बरिष्ट गायक दिप श्रेष्ठको स्वरमा रेकर्ड भएको ‘पूर्वको बादलउड्योे’गीत बिन्दाबासीनी म्युजिक प्रा.लि ले हालै बजारमा ल्याएको हो ।
हरेक शव्दलाई त्यसको भावअनुसार सँगीतभर्ने भानु थापाकुसल सँगीतकार हुन् । भानु पूर्विय र पाश्चात्य सँगीतको फ्युजन गरी सँगीतभर्न निपुण छन् । साथै, दिपश्रेष्ठ नेपालीगीत सँगीतका एक प्रशिद्घ अभिभावक हुन् । यी सँगीतकर्मीको सहकार्यमा ‘पूर्वको बादल उड्यो’ गीततयार भएको हो ।
समसामयिक बिषय बस्तुमा गीत लेख्न खप्पिस मैनापोखरीमा स्थायी बसोबास भई हाल राजधानीमा गीत लेखनमा सकृय रमेशका यसै बर्ष फरक फरक गीतहरुआइरहेका छन् । गत साउनमा मात्रै कला जगतकै प्रशिद्घ श्रष्ठा मदनकृष्ण श्रेष्ठको स्वर तथा सँगीतकार शक्तिबल्लभको सँगीतमा‘रानीखोला’बोलको गीत बजारमा आएको थियो । यो गीतपनि रेडियो तथा टेलिभिजन हरुमा निकै बजिरहेको छ । त्यस्तै, दोलखाली सँगीतकार राजनराज सिवाकोटीको सँगीत तथा सन्जिब पराजुली र टीका प्रसाईको स्वरमा रहेको‘हातमा घडि’ बोलको गीतपनिनिकै मन पराइएको छ ।
रमेशको ‘पूर्वको बादलउड्यो’गीतउनका अरु गीतभन्दाअलि बढि नै निराशाबादी गीत हो । गीतले बिगतको द्वन्द अवस्थामा एक अर्काका बिचमा फैलिएको शंका, डर र त्रासलाई देखाएको छ ।
राष्ट्रिय स्तरका दर्जनौ सँगीतिक अवार्डहरु हात पारीसकेका रमेशका बजारमा आएका गीतहरु शव्दचयनका दृष्टिले गहन, सान्दर्भिक र सरस पाइन्छन् । बजारमा दुईचार दिनचल्ने अनि हराउँने गीतभन्दा लामो समयसम्म श्रोताको ओठमा रहने गीत लेख्न मन पराउने रमेशका‘बालुवाको घर’ र ‘हिउँको पूmल’ गरी दुई ओटा गीतसँग्रह समेत बजारमाआइसकेका छन् ।



तपाईंहरुको प्रतिकृया