लक्ष्मी जयन्तिमा कविता बाचन

कला साहित्य ब्रेकिङ्ग समाचार समाचार

प्रकाशित मिति: १० कार्तिक २०७६, आईतवार १०:४७

दोलखा/प्रगतिशिल लेखक संघ दोलखाले महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औ जन्मजयन्ति एवं दिपावली २०७६ को अवसरमा आईतवार कविता बाचन तथा साहित्यिक अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
प्रगतिशिल लेखक संघ दोलखाका अध्यक्ष शुन्दर खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा युवा साहित्यकारहरुले कविता बाचन गर्नु भएको थियो । कार्यक्रममा साहित्यकारहरु शङ्करलाल श्रेष्ठ, जीत कार्की, मुरारी दुलाल, शुसीला न्यौपाने लगायतको सहभागिता रहेको थियो । सो अवसरमा साहित्यकार सरुना वस्नेतले महाकवि लक्ष्मी प्रसाद देवकोटाको समग्र पाटो र साहित्यिक विकासको बारेमा जानकारी गराउनु भएको थियो ।



तपाईंहरुको प्रतिकृया