नेवार समुदायको भाइटीका कार्तिक १३ गते

कला साहित्य दोलखा बिशेष ब्रेकिङ्ग समाचार समाज

प्रकाशित मिति: १० कार्तिक २०७६, आईतवार ०६:३५

दोलखा/चरिकोटको नेवार समुदायले पनि कार्तिक १३ गते किजापूजा (भाइटीका) गर्ने भएका छन् । काठमाडौँ उपत्यकाका नेवार समुदायले कार्तिक १३ गते भाइटीका गर्ने निर्णय गरेपछि चरिकोटका नेवार समुदायले पनि सोहि दिन भाइटीका गर्ने निर्णय गरेको हो ।
शनिवार चरिकोट गुठी र लालिगुँरास युवा क्लबको संयुक्त छलफल पछि कार्तिक १३ गते भाइटीका गर्न चरिकोटका नेवार समुदायलाई आग्रह गर्ने निर्णय भएको लालिगुँरास युवा क्लबका अध्यक्ष प्रविण श्रेष्ठले बताउनु भयो ।
पञ्चाङ्गन निर्णायक समितिका अनुसार कार्तिक १२ गते भाइटीका तोकीएको छ । तर काठमाडौँको नेवार समुदायले कार्तिक १३ गते किजापुजा (भाइटीका) पर्ने भएकोले सोहि दिन भाइटीका गर्ने निर्णय सहित प्रधानमन्त्री केपी ओलीलाई उक्त दिन विदा दिन अनुरोध गरेको थियो । नेवार समुदायको माग अनुसार नै सरकारले विहिवार कार्तिक १३ गते पनि विदा दिने निर्णय गरेको थियो ।



तपाईंहरुको प्रतिकृया