लोक गायक रामकुमारको एकल प्रस्तुति

कला साहित्य देश स्थानीय समाचार

प्रकाशित मिति: २ कार्तिक २०७६, शनिबार १६:५६

दोलखा/लोक गायक रामकुमार नेपालीले दोलखा सदरमुकाम चरिकोटमा एकल गायन प्रस्तुत गर्नु भएको छ । रियालिटी शो आईएमई लोक स्टारमा छनौट हुनु भएका लोक गायक नेपाली आफुलाई भोटिङ गर्न अनुरोध गर्दै शनिवार दोलखा आई पुग्नु भएको थियो ।
लोक गायक नेपालीले सदरमुकाम चरिकोटको सातदोबाटो चोकमा दर्जन बढी लोक गित गाउनु भएको थियो । आईएमई लोक स्टारमा प्रदेश ३ को एकमात्र प्रतिस्प्रर्धि रामेछापका रामकुमार आर्थिक सहयोग जुटाउन र मत माग्न दोलखा आउनु भएको हो ।
रियालिटी शो आईएमई लोक स्टारमापाँच पल्टसम्म पर्फमर अफ द डे बन्नु भएका नेपालीलाई मतदान गर्न रामकुमार नेपाली जिताउ अभियानले सबैलाई आग्रह गरेको छ । कार्तिक ८ गते मध्यान्न १२ बजेसम्म मतदान गर्न सकिने अभियानले जनाएको छ । नेपालीलाई मतदान गर्न मेसेज बक्समा गई एल स्पेश २३ टाईप गरी ३७००० मा पठाउनु पर्ने जनाईएको छ । विहिवार राति ९ः३० देखि शुक्रवार राति १२ः३० सम्म रामकुमार नेपालीलाई मतदान गर्न सकिने अभियानले जनाएको छ ।



तपाईंहरुको प्रतिकृया