बालमैत्री नगर विषयक बक्तृत्व कला

कला साहित्य दोलखा बिशेष ब्रेकिङ्ग समाचार समाचार स्थानीय समाचार

प्रकाशित मिति: २७ भाद्र २०७६, शुक्रबार १५:३१

दोलखा/दोलखाको भीमेश्वर नगरपालिकाले बालमैत्री नगर घोषणाको सन्र्दभमा शुक्रवार नगरस्तरीय बक्तृत्वकला तथा गित प्रतियोगीताको आयोजना गरेको छ ।

सो अवसरमा नगरप्रमुख भरत केसीले विद्यार्थी, अभिभावक, जनप्रतिनिधि, कार्यालय एवं संघ संस्था र अभिभावकहरुको सहयोगमा भीमेश्वर नगरपालिकालाई प्रदेश ३ कै पहिलो बालमैत्री नगर घोषणा गर्न लागिएको उल्लेख गर्नुहुदै बालबालिकाको बृत्ति विकास, सम्मान र सुरक्षामा नगरपालिका सचेत रहेको बताउनु भयो । नगरप्रमुख केसीले बालमैत्री घोषणाको लागि आवश्यक सबै मापदण्ड पुरा भएको र त्यसको व्यवहारीक कार्यान्वयनमा समेत नगरपालिका सचेत रहेको बताउनु भयो ।

नगरपालिकाले आयोजना गरेको बक्तृत्वकला प्रतियोगीता तर्फ अलपाईन पब्लिक स्कूल चरिकोटको एलिना पोखरेल प्रथम, कुटिडाँडा माध्यामीक विद्यालय मकैवारीको आशिष शर्मा द्धितिय र महेन्द्रोदय मावि माटीको सञ्चिता श्रेष्ठ तृतिय हुनु भएको छ ।

त्यसैगरी गित तर्फ अलपाईन पब्लिक स्कूल चरिकोटको दिपा रिजालको समूह प्रथम, भमिेश्वर नगरपालिका वडा नम्बर ९ को वविता थामीको समूह द्धितिय र भीमेश्वर नगरपालिका वडा नम्बर ९ कै रञ्जिता भुजेलको समूह तृतिय भएको छ । प्रतियोगीता भीमेश्वर नगरपालिकाको उपप्रमुख कमला वस्नेतको सभापतित्वमा सम्पन्न भएको छ । प्रतियोगीताको विजयीहरुलाई बालमैत्री नगर घोषणा गर्ने दिन भदौ २९ गते पुरस्कार वितरण गरिने नगरपालिकाले जनाएको छ ।



तपाईंहरुको प्रतिकृया