सिड्नीमा स्याङजाली तीज मेला

कला साहित्य प्रवास

प्रकाशित मिति: ४ भाद्र २०७६, बुधबार १७:१३

सिड्नी/स्याङ्जा अष्ट्रेलिया सोसाइटीको आयोजनामा हुन लागेको स्याङ्जाली तीज मेलाले सिड्नीवासीलाई छपक्कै छोपेको छ ।
यही भदौ ६ गते शुक्रबार सिड्नीको आइडेन प्लेस रिसेप्सन सेन्टरमा आयोजना हुन लागेको मेलामा कलाकार चन्दा अर्याल लगायतले आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको कार्यक्रम संयोजक दिपक क्षेत्रीले बताउनु भयो ।
नेपालबाट धेरै टाढा रहेपनि आफ्नो रितिरिवाज र संस्कृतिले नेपालीहरुका माझमा बाँधिराख्न सहयोग पुग्ने भएकाले कार्यक्रमको आयोजना गरिएको संयोजक क्षेत्रीले सुनाउनु भयो ।



तपाईंहरुको प्रतिकृया