तामाकोसी लाई नमुना गा.पा. बनाउने अभियानमा छौँ : अध्यक्ष ईश्वरचन्द्र पोखरेल

अन्तर्वार्ता जीवन शैली दोलखा बिशेष ब्रेकिङ्ग समाचार मुख्य समाचार स्थानीय समाचार

प्रकाशित मिति: ९ चैत्र २०७४, शुक्रबार १९:३४

त र साधनका हिसाबले सम्पन्न मानिएको तामाकोशी गाउँपालिका दोलखा जिल्लाको दक्षिणी भेगमा पर्छ । तामाकोशी नदीको जलविद्युत साथै अन्यस्रोत साधन, रामेछाप हुदै तराईको नजिक नाका, धार्मिक, सांस्कृतिक पर्यटन, पशुपालन र कृषिलगायतका सम्भावनाले भरपुर यो गाउँपालिकामा नवनिर्वाचित अध्यक्ष ईश्वरचन्द्र पोखरेलसँग आगामी योजना र कार्यक्रमका बिषयमा गरिएको कुराकानि ।

सर्वप्रथम बधाई छ, गाउँपालिकाको प्रमुख साथसाथै प्रदेश नं ३ को गाउँपालिका महासंघको संयोजकमा निर्वाचित हुनुभएकोमा ।

धन्यवाद, स्वागत छ ।

कस्तो अनुभूति गरिरहनु भएको छ ?

उत्साहित छु । १५ बर्षपछि पुन जननिर्वाचित प्रतिनिधिको रुपमा प्रस्तुतहुन पाएकोमा । अझप्रदेश नं ३ को गाउँपालिका महासंघको संयोजक भएर झनै जिम्मेवारी बोध बढेको छ । अब तामाकोसी गाउँपालिकालाई नमुना बनाउने योजनामा छु, त्यसकै लागि आजभोलि तयारी हुदै छ ।

तामाकोशी गाउँपालिकाका सम्भावनाहरु केके छन्, तपाईको नजरमा ?

तामाकोसी गाउँपालिका प्रचुर सम्भावनाले भरिएको छ । भौगोलिक हिसाबले मिलेको छ । खिम्ती जलविद्युत आयोजना त्यहीँ छ तामाकोसी ३ आयोजनाको विद्युतगृह रहने ठाउँ पनि त्यहीँ हो । वडा नं ७ हाँवामा खरिखानी सञ्चालनमा छ । रोडाढुंगा उद्योग चलिरहेकै छ अझै अरु पनि चल्छन् । कृषियोग्य जमिन प्रशस्त छ, अन्य गाउँपालिकालाई पनि पाल्ने गरी उत्पादन गर्न सकिन्छ । जडीबुटी उत्पादनको पनि प्रबल संभावना छ, पहाड र तराईको मिश्रित हावापानी भएकोले सबैखाले नगदेवाली, फलफूल उत्पादन गर्न सकिन्छ ।

अन्य गाउँपालिका र भीमेश्वर नगरपालिकासँग मिलेर ¥याफ्टिङ सञ्चालन त्यस्तै पशुपालन, सिंधुलीगढी जत्तिकै प्रचार माल्याउन सकिने ऐतिहासिक राणाकालीन देउराली गढीको प्रचारप्रसार सँगै भीरकोटको चारधाम, मालुको गोल्मेश्वर मन्दिर, जफेको सीतापाईलाको प्रबर्धन गरी जनकपुरसँग सम्बन्ध गाँसेर मधेश पहाडको लिंक गर्न सकिन्छ । माझी संग्रहालय, सुनुवार संग्रहालय, शेर्पा गुम्बा निर्माण गरी पर्यटक आकर्षण गर्न सकिन्छ र तामाकोशी सडक देखि सीतापाईला सम्म केवलकार सञ्चालनको पनि सम्भाब्यता छ ।

निकट भविष्यमै अब तपाईले के के काम गर्ने योजना बनाउनुभएको छ ?

सर्वप्रथम गाउँपालिकाको आवधीक तत्कालीन र दीर्घकालीन योजना निर्माण गछौँ, चौतर्फी विकासका लागि २० बर्षे गुरुयोजना तयार गछौँ, सुख्खाग्रस्त क्षेत्र भएकोले वृक्षारोपण गरी हरित गाउँपालिका बनाउने योजना छ । पक्की सडकभएको ठाउँमा दायाँबायाँ हावापानी अनुसारको बोटबिरुवा रोप्ने सडकहरु पक्कीगर्दै जाने, तामाकोसीबाट पानीतानेर सिँचाई गर्ने । राज्यले निर्धारण गरेकामहिला, अपाङ्ग, वृद्घवृद्घा, दलित ईत्यादीलाई सामाजिक सुरक्षाको पाटोमा विशेष कार्यक्रमल्याउने । शैक्षिक क्षेत्रलाई उन्नतशील बनाउन र कक्षा १ देखि नै अंग्रेजी माध्यममा पढाउन सुरु गर्ने । सबै वडामा नयाँ बन्ने घरहरुलाई एउटै नक्सा र डिजाईन गर्ने । छानो र गारोमा एउटै रङको प्रयोग गर्ने । आर्थिक कारणले विद्यालय जान नसक्ने बालबालिकालाई पढ्ने ब्यवस्थाको ग्यारेन्टी गर्ने र तामाकोसी गाउँपालिकालाई सुकुम्बासीविहीन पालिका बनाउने हाम्रा प्रारम्भिक कामहरु रहेका छन् ।

यी योजनाहरु पुरा गर्नको लागि कस्ता चुनौति, ब्यवधान देख्नुहुन्छ ?

मुख्य ब्यवधान भनेको आर्थिक कुरा नै हो । सिंहदरबारको अधिकार गाउँमा भनिएको छ तर विकास र पूर्वाधारका लागि पैसा कम छ । शिक्षको बजेट कम छ, विद्युत रोयल्टी घटाईएको छ । जिल्ला समन्वय समितिलाई अनावश्यक अधिकार दिईएको छ । २०५९ देखि जनप्रतिनिधि विहीन भएकोले कर्मचारीहरुमा स्वेच्छाचारिता बढेको छ । नक्साङ्कन नगरी जथाभावी सडक खन्ने काम भएको छ, ती जग्गाहरुको पुर्जा जनताकै नाममा छ । बिषयगत कार्यालयहरु गाउँपालिकामा जाने कुरामा पनि आनाकानी भैरहेकोले जनप्रतिनिधि र कर्मचारीबीच समन्वयका खाँचो छ बजेटको सिलिङ अर्थ मन्त्रालयबाट नआएकोले केही समस्याहरु छन् । कार्यालय स्थापना र सञ्चालनमा पनि समस्या छ । यी समस्या हाम्रा मात्रै भन्दा पनि सबै गाउँपालिकाका हुुन् ।

अन्तमा जनतालाई के भन्नुहुन्छ ?

जनताहरुले हामीबाट धरै अपेक्षा गर्नुभएको छ । सबै काम एकैपटक पुरा हुन सक्दैनन् । हामीले योजना बनाएका छौँ । सबै काम योजनबद्घ रुपले सम्पन्न हुनेछन् । जनताको विकास र समृद्घिको चाहना पुरा गर्न हामी प्रतिबद्घ छौँ । जनप्रतिनिधिलाई सहयोग र समन्वय गरिदिन म आम जनसमुदाय र कर्मचारीहरुमा आव्हान गर्दछु ।

प्रस्तुतिः शरद सापकोटा



तपाईंहरुको प्रतिकृया