गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

अन्तर्वार्ता देश दोलखा बिशेष पत्रपत्रिका प्रदेश समाचार फिचर समाचार बिचार ब्रेकिङ्ग समाचार मुख्य समाचार समाचार स्थानीय समाचार

प्रकाशित मिति: ९ चैत्र २०७४, शुक्रबार १९:१०

जिल्ला प्रहरी कार्यालय दोलखाले जुवा तास, मदिरा, गुण्डागर्दी जस्ता गैर कानुनी गतिविधि नियन्त्रण गर्न विशेष अभियान चलाई रहेको छ । दशै, तिहार जस्ता चाँडपर्वमा अपराधिक घट्ना बढी हुने भएकोले दशै तिहारको सुरक्षाको लागि समेत विशेष योजना बनाई प्रहरीको हरेक यूनिटले प्रहरी परिचालन गरेको जनाएको छ । यसै सेरोफेरोमा दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीसंग गरिएको कुराकानि ।

विभिन्न चाँडपर्वमा अपराधिक घट्ना हुने गरेका छन् । दशैको सुरक्षा व्यवस्था कसरी मिलाउनु भएको छ ?

दशै तिहार जस्ता पर्वमा गाँउ तहसम्म बिभिन्न अपराधिक घट्ना हुने गर्छ । दशैमा बिभिन्न ठाँउमा रहेका बिभिन्न स्वभावका मानिसहरु आउने भएकोले पनि यस्तो सम्भावना बढी हुने गरेका हुन् । त्यसैले प्रहरीले दशै तिहारको लागि विशेष सुरक्षा योजना बनाएको छ । जिल्लामा रहेका प्रहरीको हरेक युनिटमा तत्काल उद्धार गर्ने समूह (क्युआरटी) टिम बनाएको छ, बजारमा गस्ति बढाएको छ, राजमार्ग तथा सडक आसपास गस्ति बढाएको छ ।

दशै तिहारमा प्रहरीको निगरानिमा रहेको अपराधिक घट्नामा संलग्न व्यक्तिहरु आउने र बिभिन्न गतिविधि गर्ने गर्दछन्, यसमा प्रहरीको ध्यान पुग्ला त ?

प्रहरीले त्यस्तो कुरामा पनि निगरानि गरिरहेको छ । दोलखाको कुनै पनि ठाँउमा प्रहरीको निगरानिमा रहेको अपराधिक घट्नामा संलग्न व्यक्तिहरु(गुण्डा) आएको जानकारी पाए तत्कालै पक्राउ गरी कानुनी प्रकृया सुरु गरिने छ । दोलखा जिल्लामा एक महिनाको अवधिमा अदालतबाट कैद तथा जरीवाना तोकिएका ७४ जनालाई पनि पक्राउ गरी अदालतमा बुझाईएको छ । जिल्लामा कुनै पनि प्रकारको गुण्डागर्दी हुन दिईने छैन ।

अपराधिक व्यक्ति र समुहलाई राजनीतिक संरक्षण हुन्छ, त्यस्ता कोहि पक्राउ परीहाले छोड्नको लागि राजनीतिक दवाव आउछ भनिन्छ नी ?

दोलखा जिल्लामा अहिलेसम्म राजनीतिक रुपमा कुनै पनि अभियुक्त या अपराधिक घट्नामा संलग्नलाई छोड्न दवाव आएको छैन । कुनै नेताले व्यक्तिगत रुपमा पक्राउ परेका कसैको बारेमा जानकारी लिनु फरक हो तर छोड्नको लागि कसैले पनि दवाव दिने गरेका छैनन् ।

दशै तिहार जस्ता चाँडमा मदिराको कारण बिभिन्न हिंसात्मक घट्ना हुने गरेका छन् । चाँडवाडमा हुने मदिराको अस्वभाविक प्रयोग रोक्न के योजना छ ?

मदिराकै कारण बिभिन्न अपराधिक घट्नामा बृद्धि भएको, महिला हिंसा, घरेलु हिंसा जस्ता गतिविधिहरु बढेको र कानुन अनुसार अवैधानिक समेत भएकोले हामीले दोलखा जिल्लालाई घरेलु मदिरा मुक्त जिल्ला बनाउने बिशेष अभियान चलाई रहेका छौ । र दशै तिहार जस्ता चाँडवाडमा यसको प्रयोग अस्वभाविक हुने भएकोले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र कोष तथा लेखा नियन्त्रण कार्यालयको विशेष टोलि बनाएर होटलहरु सर्च गर्ने, शंकास्पद ठाँउमा खानतलासि गर्ने जस्ता कामहरु भै रहेका छन् । साथै सिल प्याक मदिराहरु पनि कानुनी रुपमा अनुमति लिएर बिक्रि वितरण भएको छ की छैन भन्ने पनि अनुगमन भै रहेको छ । तीन महिनाको अवधिमा दोलखा प्रहरीले ३० सेट घरेलु मदिरा बनाउने भाँडा, १५ हजार केजी कच्चा पर्दाथ र १० हजार लिटर मदिरा नष्ट गरिसकेको छ ।

घरेलु मदिराका कारण कस्ता कस्ता घट्नालाई बल पुगेको पाउनु भएको छ ?

जिल्ला प्रहरी कार्यालयमा आउने उजुरी र प्रहरीले गस्तीको क्रममा भेटेको घट्नाहरुलाई हेर्दा घरेलु मदिराका कारण घरेलु हिंसा, बालबालिका माथि हुने हिंसा, जर्वजस्ति करणी, बालबालिका कुलतमा लाग्ने जस्ता अपराधिक गतिविधि हुनुमा घरेलु मदिरा मुख्य कारक पाईएको छ । त्यसैले पनि यसको पूर्ण नियन्त्रण आवश्यक छ ।

दोलखा प्रहरीमा दर्ता भएका अपराधिक घट्नाहरुमा बढी कस्ता खालका घट्नाहरु छन् ?

जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका अपराधिक घट्नाहरुमा जर्वजस्ति करणी, जर्वजस्ति करणी उद्योग, अनुसूचि १ अनुसारको बिभिन्न फौजदारी प्रकृतिका अपराधिक घट्नाहरु बढी पाईएको छ ।

दोलखा जिल्लामा आत्महत्याका घट्नाहरु पनि निक्कै हुने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ । यसको कारण के पाउनु भएको छ ? अनि आत्महत्या गर्नेमा महिला या पुरुष को बढी पाउनु भएको छ ?

अन्य जिल्लाको तुलनामा दोलखा जिल्लामा आत्महत्या गर्नेको संख्या निक्कै बढी छ । र आत्महत्या गर्नेमा महिलाहरुनै बढी पाईएको छ । उमेरको हिसाबले हेर्दा सबै उमेर समूहको पाईन्छ । आत्महत्या गर्नुको तथ्यगत कारण त पाउन मुश्किल छ किनभने मर्नेले त्यस्तो केहि खुलाएर गएको हुदैन तर सामान्यत घरायशी विवादकै कारण आत्महत्या गरेको धेरै पाईन्छ ।

दशै तिहार जस्ता चाँडपर्वमा जुवा तासको चर्चा पनि निक्कै हुने गर्छ, दोलखामा जुवातास नियन्त्रणको प्रयास कस्तो छ ?

जुवा तासका कारण धेरैको परिवार भाँडिएको छ, घरेलु हिंसाको कारण पनि जुवा तास हुने गरेको छ र यो गैर कानुनी पनि छ त्यसैले हामीले यसको नियन्त्रणको लागि अभियान चलाएका छौ । चाँडपर्व वा अन्य कुनै वहानामा जुवा तासले छुट पाउन सक्दैन । कसैले जुवातास खेलेको पाईएमा मुद्धा चलाएर कार्वाहि प्रकृया अगाडि बढाउछौ ।

प्रस्तुती– चिरञ्जीवी मास्के



तपाईंहरुको प्रतिकृया