विद्यार्थीहरुलाई ल्यापटप र जनही २५ हजार

अन्तर्वार्ता अर्थ/बाणिज्य कला साहित्य खेलकुद जीवन शैली देश पत्रपत्रिका पर्यटन प्रदेश समाचार प्रवास फिचर समाचार फोटो फिचर ब्रेकिङ्ग समाचार राजनीति रोजगार शिक्षा समाज सूचना प्रबिधि स्थानीय समाचार स्वास्थ्य

प्रकाशित मिति: ९ चैत्र २०७४, शुक्रबार १६:३२

दोलखा— उत्कृष्ट विद्यार्थीहरुलाई ल्यापटप र छात्रवृत्ति वितरण गरिएको छ । कालिञ्चोक माध्यमिक विद्यालयबाट एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने दुई केटा र दुई केटी गरी चार जनालाई सुजन—परिता एजुकेशन फाउण्डेशनले ल्यापटप र जनही २५ हजार नगद उपलब्ध गराएको हो । उक्त विद्यालयका पूर्वविद्यार्थी सुजन न्यौपानेले अमेरिकामा स्थापना गरेको फाउण्डेशनद्धारा तीनबर्षदेखि लगातार चार जना विद्यार्थीलाई उक्त सुविधा दिदै आएका छन् ।

कालिञ्चोक पूर्वविद्यार्थी समाजलाई उक्त फाउण्डेशनले दुई लाख ७६ हजार रुपैया“ले हस्तान्तरण गरेपछि सोमबार उक्त सामाग्री हस्तान्तर भएको हो । समाजका अध्यक्ष दीपक वस्नेतले उक्त रकमबाट १ देखि १० कक्षासम्म उत्कृष्ट हुने विद्यार्थीहरुलाई क्यालकुलेटर, झोला र स्टेश्नगरी सामाग्रीसमेत वितरण गरिएको बताए ।

नेपालका विद्यालयमा अध्ययनरत गरिब र जेहनदार विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरेको फाउण्डेशनद्धारा सिन्धुपाल्चोकस्थित सन्सारीमाई माविका विद्यार्थीलाई पनि ल्यापटप र पोषाक उपलब्ध गराएको छ । फण्डेशनका संस्थापक न्यौपानेले यसबर्षदेखि अर्को एक विद्यालय थपेर तीनवटा विद्यालयका विद्यार्थीका लागि निरन्तर सहयोग गर्ने बताए । अरु कसैस“ग सहयोग नउठाइकन निजी कमाईबाट खर्च कटाएर एक करोडको अक्षयकोष खडा गरी नेपालका विद्यार्थीहरुलाई सहयोग गरिरहेको उनले बताए ।

कालिञ्चोक माविमा आयोजित कार्यक्रममा भीमेश्वर नगरका मेयर भरत केसीले मनकारीहरुको सानो सहयोगबाट विद्यालय शिक्षामा ठूलो हौसला मिल्न सक्ने बताए । भीमेश्वर नगरभित्र निजी र सार्वजनिक विद्यालयका विद्यार्थीलाई पोषक र शिक्षण सुविधामा एकरुपता ल्याउन प्रयन्त भैरहेको उनले बताए । कार्यक्रममा युवा व्यपारी तथा समाजसेवी घनश्याम रिजालले यसबर्षदेखि नगरभित्रका १० वटा माविका दलित एकजना र गरिब एकजना विद्यार्थीलाई जनही बार्षिक पा“च हजार उपलब्ध गराउदै जाने बताए । उनले कालिञ्चोक माविका दुईजना विद्यार्थीका लागि १० हजार रुपैया“ प्रधानअध्यापक नवराज न्यौपानेलाई हस्तान्तरण गरेका छन् ।



तपाईंहरुको प्रतिकृया