पटाका बनाउने कारखानामा विस्फोट हुदा पाँचको मृत्यु

अन्तर्वार्ता अर्थ/बाणिज्य कला साहित्य जीवन शैली देश दोलखा बिशेष पर्यटन प्रवास फिचर समाचार फोटो फिचर बिचार

प्रकाशित मिति: ९ चैत्र २०७४, शुक्रबार १०:२८

नयाँ दिल्ली, ९ चैत । 

भारतीय पूर्वीराज्य बिहारमा अवस्थित पटाका बनाउने एक कारखानमा भएको विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ ।

यस विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु हुनुकासाथै अन्य १५ जना घाइते भएका अधिकारीले शुक्रबार जानकारी दिएका छन् ।

बिहारको राजधानी पटनाबाट करिब ७९ किलोमिटर दक्षिणमा रहेको नलान्दा जिल्लाको बिहार सारिफमा रहको सो कारखानाभित्र बिहीबार राति विस्फोटन भएको प्रहरीस्रोतले जानकारी दिएको छ ।

उक्त विस्फोटमा परी घाइते भएकालाई नजिकैको स्वास्थ्य उपचार केन्द्रमा लगिएको छ । घाइतेमध्ये सात व्यक्तिको अवस्था भने चिन्ताजनक रहेको उपचार केन्द्रले जानकारी दिएको छ ।

स्थानीय समाचारदाताका अनुसार सो कारखाना गैरकानूनीरुपमा सञ्चालन हुँदै आएको छ । जिल्ला प्रशासनले सो घटनाको अनुसन्धान जारी रहेको बताएको छ । रासस÷सिन्ह्वा



तपाईंहरुको प्रतिकृया