विकासमा जनताको चासो

अर्थ/बाणिज्य दोलखा बिशेष समाज स्थानीय समाचार

प्रकाशित मिति: २१ जेष्ठ २०७७, बुधबार १४:५७

सृष्टि सुनुवार/दोलखा

भिमेश्वर नगरपालिका वडा नं ५ का नागरीकले आगामी आर्थिक बर्षको योजना तर्जुमा वैठकमा उत्साहजनक सहभागिता जनाएका छन् । भिमेश्वर नगरपालिकाले ९० लाखको बजेट सिलिङ दिएसँगै योजना तर्जुमाका लागि जनप्रतिनिधिको नेतृत्वमा नागरीक जुटेका हुन् । बुधबार महेन्द्रदोय माध्यमिक विद्यालयमा भएको कार्यक्रममा बोल्नुहदै वडा अध्यक्ष रामचन्द्र बस्नेतले कोरोना विपद्का बाबजुद पनि विकासमा चासो दिएर कार्यक्रममा सहभागि हुनुभएकोमा वडाबासीलाई धन्यवाद ज्ञापन गर्नुभयो । नगरपालिकाले दिएको समयसिमामा रहेर योजना तर्जुमा गरी नगरमा पेश गर्नुपर्ने  हुदाँ कोरोना संक्रमणको जोखिम मोलेरै भएपनि काम गर्नुपर्ने आवश्यकता बारे प्रष्ट्याउँदै नागरीकको स्वास्थ्य प्रति संवेदनशिल नभएको  भन्ने नबुझिदिन अध्यक्ष बस्नेतले आग्रह गर्नुभयो ।योजना छनौट गर्दा नगरपालिकाले दिएको बजेट सिमा र  निर्देशन भित्र रही गरेको उहाँले जानकारी दिनुभएको छ ।
वैठकमा स्वागत मन्तव्य व्यक्त गर्दै भिमेश्वर नगरकार्यपालिका सदस्य एवं वडा सदस्य रुपा भुजेलले योजना छनौट तथा प्राथमिकीकरण मापदण्ड बारे जानकारी गराउनुभयो । उहाँले नागरीकको आवश्यकताको  आधारमा उत्पादनमुलक, आर्यआर्जनमा प्रत्येक्ष फाइदा पुग्ने र रोजगारी सिर्जना हुने योजना छनौटमा विशेष जोड दिनुभएको छ ।   कार्यक्रममा बोल्दै नेकपा वडा कमिटि अध्यक्ष राजन श्रेष्ठले कृषि तथा पशुसेवा, विपद व्यवस्थापन तथा रोजगारी क्षेत्रलाई विशेष प्राथमिकता दिदै साझा योजना छनौट गर्नुपर्ने बताउनुभयो । गत बर्ष छनौट गरीएको २२ वटा योजनाहरुमा २ वटा योजना मात्र कोरोनाका कारणले परिवर्तन गरेको भन्दैे कतिपय कार्य सम्पन्न भईसकेको र अधिकाशं योजना सम्पन्नको चरणमा रहेको  जानकारी गराउनुभएको छ ।  उहाँले योजना छनौट तथा प्राथमिकीकरण सगै कार्यान्वयनको पक्ष समेत महत्वपूर्ण भएकोले उल्लेख गर्नुभयो ।
यसैगरी नेपाली काङग्रेसका वडा सभापति रंगध्वज बुढाथोकीले योजनाको उचित प्राथमिकीकरण हुनुपर्नेमा जोड दिनुभयो । टोलटोलबाट साना तथा ठुला योजनाहरु टिपोट पछि वडा कमिटि वैठक बसी प्राथमिकीकरण गरी अन्तिम योजना नगरमा पेश गर्ने समयमा जनताको आवश्यकताको योजनालाई नछुटाउन सुझाव दिनुभयो ।
नेपाल शिक्षक युनियनका पुर्व अध्यक्ष श्ांंकरलाल श्रेष्ठले विकासे बजेटको सही सदुपयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । वडाबासीको साझा सहभागितामा योजना छनौट गरीरहँदा आवश्यकता पहिचानमा चुक्न नहुने भन्दै उपलब्धी मुलक क्षेत्रमा काम गर्नुपर्ने बताउनुभयो ।
योजना छनौट कार्यक्रममा राजनितीक दलका प्रतिनिधि, शिक्षक, युवा, वन तथा सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, महिला समुहका प्रतिनिधको सहभागिता रहेको वडा सचिव भिमबहादुर बस्नेतले जानकारी दिनुभयो । कार्यक्रमबाट टिपोट गरीएको योजनाको प्राथमिकीकरण विहीबार वडा समितिको वैठक बसी टुंगोमा पुगिने सचिव बस्नेतले जानकारी दिनुभएको छ ।
योजना छनौट गर्दा प्रत्येक वडाबाट भौतिक पुर्वाधार, सामाजिक क्षेत्र लगायतलाई समेटर १२ वटा वडागत योजना साथै  नगरस्तरीय योजनाका लागि १० लाख भन्दा माथि  र प्रदेश तथा संघस्तरीय योजनाका लागि २५ लाख भन्दा माथिका लागत अनुमान भएका योजना सिफारिस गर्न नगरपालिकाले जारी गरेको योजना छनौट निर्देशिकामा उल्लेख छ ।



तपाईंहरुको प्रतिकृया