पिपलबोटमा बहुउदेश्यीय भवन

अर्थ/बाणिज्य दोलखा बिशेष ब्रेकिङ्ग समाचार समाचार

प्रकाशित मिति: २० जेष्ठ २०७७, मंगलवार ०८:०६

सृष्टि सुनुवार/ दोलखा 

दोलखाको भिमेश्वर नगरपालिका वडा नं ५ स्थित पिपलबोटमा बहुउदेश्यीय भवन निमार्ण भईरहेको छ । भ्यूटावरको शैलिमा निमार्ण भईरहेको भवनको चालु आर्थिक बर्षका लागि विनियोजित बजेटको काम  भएको पिपलबोट बहुदउेश्यीय भवन निमार्ण समितिका अध्यक्ष कृष्ण बहादुर खड्काले जानकारी दिनुभयो । वडाको ५ लाख र नगरपालिकाको ५ गरी १० लाखको लागतमा यस बर्षको काम भएको हो ।

जेष्ठनागरीक मिलन केन्द्र, चमेना गृह, विपद् व्यवस्थापन केन्द्र, कार्यक्रमहरु गर्नका लागि हल साथै टपबाट विभिन्न दृष्य अवलोकन गर्न सक्ने गरी भ्यूटावर शैलीमा  बनाउँदै गरिएको भवन निमार्णको काममा अझै धेरै खर्च लाग्ने अनुमान रहेको अध्यक्ष खड्काले बताउनुभयो । वडा  र नगरापालिकाले गरी १० लाख बजेट विनियोजन गरेकोमा काम पुरा गरिएको भन्दै उहाँले केही दिनमै सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने जानकारी दिनुभयो ।

खड्काका अनुसार अब थप बजेटका लागि वडा, नगरपालिका हुदै प्रदेश सरकार समक्ष पहल गर्ने योजना रहेको छ । खानेपानी, वत्ति, शौचालय, भवन आसपासमा रेलिङ समेत लगाउनुपर्ने र भएकाले कम्तिमा ६० लाख लाग्ने खड्काको भनाई छ । ५ नं वडाका सचिव भिम बस्नेतका अनुसार बहुउदेश्यीय भवन निमार्णको काम राम्रो भएको भन्दै अब आगामी आर्थिक बर्षको लागि बजेट विनियोजनाको क्रममा समेत रकम विनियोजन गर्ने पक्षमा रहेको बताउनुभएको छ ।



तपाईंहरुको प्रतिकृया