ओखलढुगांका ८ स्थानीय तहलाई २ अर्ब ३३ करोड ६९ लाख बजेट विनियोजन

अर्थ/बाणिज्य ब्रेकिङ्ग समाचार समाचार स्थानीय समाचार

प्रकाशित मिति: १७ जेष्ठ २०७७, शनिबार ०८:३५

सृष्टि सुनुवार/ओखलढुगां

ओखलढुगांका एक नगरपालिका सहित ८ वटा  स्थानीय तहलाई आगामी आर्थिक बर्ष २०७७/७८ का लागि २ अर्ब ३३ करोड ६९ लाख रुपैयाँ बजेट बिनियोजन  भएको छ  । सरकारका अर्थमन्त्री युवराज खतिवडाले बिहीबार  आगामी आर्थिक बर्षका लागि प्रस्तुत गरेको बजेटमा वित्तिय समानीकरण, सर्शत अनुदान, विषेश अनुदान र समपुरक अनुदान गरी सिद्धिचरण नगरपालिकाका लागि ४१ करोड १० लाख विनियोजन गरिएको छ ।
यसैगरी गाउँपालिकाहरुमा मानेभन्जयाङ  गाउँपालिकालाई ३१ करोड ८५ लाख , सुनकोशी  गाउँपालिकालाई २९ करोड २७ लाख , खिजीदेम्बा गाउँपालिकालाई २८ करोड १९ लाख, मोलुङ गाउँपालिकालाई २७ करोड विनियोजन भएको छ । यस्तै चिसंखुगढी गाउँपालिकालाई २६ करोड ८५ लाख , चम्पादेवि गाउँपालिकालाई २५ करोड १८ लाख र  लिखु गाउँपालिकालाई २४ करोड २५ लाख  रकम बिनियोजन गरिएको छ ।
यसरी विनियोजित बजेटमा  सबै भन्दा बढि ओखलढुगांको स्थानीय तह मध्ये सिद्धिचरण नगरपालिकालाई र सबै भन्दा कम लिखु गाउँपालिकाको बजेट रहेको छ ।  चम्पादेवि, चिसंखुगढी, मोलुङ र लिखु गाउँपालिकाले विशेष र समपुरक दुवै अनुदान प्राप्त गरेका छैनन् । यसैगरी मानेभन्ज्याङ गाउँपालिकाले पनि समपुरक अनुदान प्राप्त गरेको छैन ।
नेपाल सरकारले प्रदेश तथा स्थानीय तहको खर्चको आवश्यकता र राजस्वको क्षमताको आधारमा प्रदेश र स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान वितरण गर्ने गर्दछ ।  समपूरक अनुदान भनेको चाहिं निश्चित आयोजना वा विकास कार्यक्रमका निम्ति दिइने अनुदान हो। यसमा स्थानीय तह वा प्रदेशले यति रकम हामीसंग उपलब्ध छ र अब यति रकम केन्द्रले उपलब्ध गराइदेओस् भन्ने निवेदन गर्नु पर्दछ ।  यसरी पूरकको रुपमा वा काउन्टरपार्ट फण्डको रुपमा उपलब्ध गराइने अनुदाननै समपूरक अनुदान हो । विशेष अनुदान भनेको विशेष कार्यक्रम सञ्चालनका लागि दिइने हो । विशेष क्षेत्र, कार्यक्रम वा आयोजनालाई हेर्नका निम्ति यो विशेष अनुदानको व्यवस्था गरिएको हो ।   सशर्त अनुदान भनेको विषयगत अनुदान हो । वित्तीय आयोगको सूत्रका आधारमा शिक्षा, कृषि, स्वास्थ्य आदि क्षेत्रमा तोकिए बमोजिम जाने अनुदान सशर्त अनुदान हो । खास क्षेत्रका खास शर्तका आधारमा यो अनुदान दिइन्छ ।



तपाईंहरुको प्रतिकृया