अण्डा वितरण प्रभावकारी

अर्थ/बाणिज्य ब्रेकिङ्ग समाचार राजनीति स्थानीय समाचार

प्रकाशित मिति: ५ फाल्गुन २०७६, सोमबार १०:२२

बिमला बुढाथोकी

दोलखा/दोलखाको शैलुङ गाउँपालिकामा अण्डा वितरण कार्यक्रम सुरु गरेपछि स्वास्थ्य संस्थामा पुगि गर्भ परिक्षण र सुत्केरी हुने महिलाको संख्यामा बृद्धि भएको छ ।
गाउँपालिकाले गत आर्थीक बर्ष २०७५÷०७६ बाट अण्डा वितरण गर्न सुरु गरेपछि गर्भ परिक्षण र सुत्केरी हुन स्वास्थ्य संस्थामा पुग्ने महिलाको संख्यामा दिनप्रतिदिन बृद्धि भएको गाउँपालिकाका स्वास्थ्य संयोजक विष्णु कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थीक बर्षको सात महिनाको अवधिमा ९७ जना गर्भवती तथा सुत्केरी महिलाहरुलाई अण्डा वितरण गरिएको छ ।

अण्डा हेर्दा सानो भएपनि यसमा मानिसलाई चाहिने सबै पोषक तत्व पाइने र सबैभन्दा सस्तो प्रोटिनको स्रोत भएकाले गर्भवती र सुत्केरी अवस्थामा पोषण प्रयाप्त भए जन्मने शिशु स्वस्थ जन्मिने भन्दै पालिकाले पालिकाभित्रका गर्भवती तथा सुत्केरी महिलाहरुलाई उपहार स्वरुप मासिक १ क्र्रेटका दरले अण्डा वितरण गरेको स्वास्थ्य संयोजक कार्कीले बताउनुभयो । गाउँपालिकाले गर्भवती तथा सुत्केरी महिलालाई अण्डा वितरण गर्न चालु आर्थीक बर्ष २०७६÷०७७ का लागि ७ लाख बजेट विनियोजन गरेको छ भने गत आर्थीक बर्ष २०७५÷०७६ मा करिब १० लाख रकम विनियोजन गरेको थियो ।

गत बर्ष पालिकाका विभिन्न स्वास्थ्य संस्था पुगेका २ सय १३ जना सुत्केरी तथा गर्भवती महिलालाई मासिक १ क्रेटका दरले अण्डा वितरण गरिएको थियो । गाउँपालिकामा गत बर्षको अण्डा वितरण कार्यक्रम प्रभावकारी भएपछि यो कार्यक्रमलाई निरन्तरता दिन यस बर्ष पनि रकम विनियोजन गरि अण्डा वितरण गर्न थालिएको हो । गत बर्ष गर्भ रहेको तिन महिना देखि नौ महिना सम्म निरन्तर स्वास्थ्य चौकीमा पुगेर गर्भ चेक जाँच गर्ने महिलाहरुलाई प्रतिव्यक्ति महिनाको १ के्रटका दरले ४ क्रे्रट अण्डा वितरण गरिएको थियो भने यो बर्ष तिन महिना देखि नौ महिना सम्म निरन्तर स्वास्थ्यचौकी पुगेर चेक जाँच गराउने महिलाहरुलाई प्रतिव्यक्ति १ क्रे्रेटका दरले ६ क्रे्रट अण्डा वितरण गरिएको छ । अण्डा वितरण गर्नुअघि १ महिना जेकजाँचका लागि स्वास्थ्य संस्था पुगेका महिलाहरु अर्को महिनामा फर्केर नजाने समस्या थियो ।

अहिले भने यो समस्या क्रमश समाधान हुनुका साथै स्वास्थ्य चेकजाँचका लागि गर्भवति तथा सुत्केरी महिलाहरु आर्कषित भएका छन् । ८ वटा वडा रहेको शैलुङ गाउँपालिकामा हाल ६ वटा स्वास्थ्य चौकी, दुई वटा स्वास्थ्य इकाई र दुई वटा सामुदायिक स्वास्थ्य इकाई गरि १० वटा स्वास्थ्य संस्था रहेका छन् ।



तपाईंहरुको प्रतिकृया