सिन्धुलिमा एक बर्षमा ५५ हजार भन्दा बढीको स्वास्थ्य विमा

अर्थ/बाणिज्य प्रदेश समाचार ब्रेकिङ्ग समाचार समाचार स्वास्थ्य

प्रकाशित मिति: १८ मंसिर २०७६, बुधबार ११:५९

सम्झना श्रेष्ठ

सिन्धुली / सिन्धुली जिल्लामा एक वर्षको अवधिमा स्वास्थ्य विमा गर्नेको संख्या ५५ हजार ७ सय २६ पुगेको छ । जिल्लामा गत वर्षको मंसिरबाट स्वास्थ्य विमा कार्यक्रम सुरु भएको थियो ।

यस अवधिमा जिल्लाभर २७ हजार १ सय २८ जना पुरुष तथा २८ हजार ५ सय ९२ जना महिलाले स्वास्थ्य विमा गराएका छन् । गत मंसिर देखी चालु आर्थिक वर्षको कार्तिक सम्ममा कमलामाई नगरपालिकामा १० हजार ५ सय ९७ जनाले स्वास्थ्य विमा गराएका छन् । जसमा ५५१२ जना महिला तथा ५०८४ जना पुरुष रहेका छन् । यस्तै दुधौली नगरपालिकामा १० हजार ६३६ जनाले विमा गराएकोमा ५५३३ महिला तथा ५०९८ जना पुरुष रहेका छन् । यस्तै गोलन्जोर गाउँपालीमा ४ हजार ६२० जना रहेकोमा २,३०७ महिला तथा २,३०८ जा पुरुष रहेका छन् । यस्तै फिक्कल गाउँपालीकामा ४ हजार ४६३ जनाले स्वास्थ्य विमा गरेकोमा २२७४ जना महिला तथा २१८९ पुरुष रहेको स्वास्थ्य विमा वोर्ड सिन्धुलीका प्रमुख रमेश घिमिरेले जानकारी दिनुभयो ।

यसैगरी सिन्धुलीको सुनकोसी गाउँपालीकामा अहिलेसम्म ५३०८ जनाले स्वास्थ्य विमा गराएकामा २७११ महिला तथा २५९८ पुरुष रहेका छन् । यस्तै सिन्धुलीको मरीण गाउँपालीकामा ७ हजार १३७ जनाले स्वास्थ्य विमा गराएका छन् । जसमा ३६३८ महिला तथा ३४९९ जना पुरुष रहेका छन् । यस्तै घ्यांलेख गाउँपालीकामा २३ सय ५२ जनाले स्वास्थ्य विमा गराएका छन् । जसमा ११९२ महिला तथा ११९९ पुरुष रहेका छन् । यसैगरी सिन्धुलीको हरिहरपुरगढीमा एक वर्षको अवधिमा स्वास्थ्य विमा गर्नेको संख्या १६४० पुगेको छ । जसमा ८७३ महिला तथा ७६७ जना पुरुष रहेका छन् । स्वास्थ्य विमा गराउन सिन्धुलीको सबै स्थानिय तहको प्रत्येक वडामा विमाका प्रतिनिधि खटाइएको स्वास्थ्य विमा वोर्ड सिन्धुलीका प्रमुख घिमिरेले बताउनुभयो ।



तपाईंहरुको प्रतिकृया