पर्यटन बर्ष २०२० मा दोलखा महोत्सवको तयारी

अर्थ/बाणिज्य पर्यटन ब्रेकिङ्ग समाचार

प्रकाशित मिति: १५ मंसिर २०७६, आईतवार १३:५६

दोलखा/दोलखा उद्योग बाणिज्य संघले पर्यटन बर्ष २०२० को अवसरमा १० दिने बृहत दोलखा महोत्सवको आयोजना गर्ने निर्णय गरेको छ । आईतवार भएको संघको १० औं पूर्ण बैठकले फागुन २१ गतेदेखि ३० गतेसम्म बृहत दोलखा महोत्सवको आयोजना गर्ने निर्णय गरेको अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले बताउनु भयो ।
संघको बैठकले कार्यसमिति दुई जना र सल्लाहकारमा चार जनालाई मनोनित गर्ने निर्णय समेत गरेको छ । कार्यसमितिमा रिक्त दुई सदस्यमा सिंगटी शाखाका टिकाभक्त शिबाकोटी र मागादेउराली शाखाका कर्णबहादुर श्रेष्ठलाई मनोनित गरिएको संघका महासचिव हेमराज रिमालले बताउनु भयो । त्यसैगरी सल्लाहकारमा संघका पूर्व अध्यक्ष रामेश्वर मानन्धर, पूर्व महासचिव पृथ्वीबहादुर श्रेष्ठ, बाबुकाजी बस्नेत र कानुन व्यवसायी शुन्दरकुमार श्रेष्ठलाई मनोनित गरिएको महासचिव रिमालले बताउनु भयो । संघको प्रेस सल्लाहकारमा पत्रकार श्याम खतिवडा रहनु भएको छ ।
त्यसैगरी संघको १० औ पूर्ण बैठकले संघमा लामोसमय देखि महत्वपुर्ण योगदान गरेको भन्दै संघको पूर्व सचिव पत्रकार चिरञ्जीवी मास्के, संघको पूर्व कोषाध्यक्ष गंगासागर श्रेष्ठ र मैनापोखरीका व्यवसायी हरिप्रसाद दहाललाई मार्नाथ सदस्यता प्रदान गर्ने निर्णय गरेको छ । यस अघि संघको पूर्व अध्यक्ष डिवि वस्नेतलाई मानार्थ सदस्यता प्रदान गरिएको थियो ।



तपाईंहरुको प्रतिकृया