सञ्चारकर्मीसंग पौरखी नेपालको अन्तरक्रिया

अर्थ/बाणिज्य प्रवास ब्रेकिङ्ग समाचार समाचार

प्रकाशित मिति: १ मंसिर २०७६, आईतवार १२:२९

दोलखा/पौरखी नेपालले आप्रवासन र महिलाको सवाल सम्बन्धि सन्तुलित समाचार सम्प्रेषण विषयमा दोलखाका क्रियाशील पत्रकारहरुसंग अन्तरक्रिया आयोजना गरेको छ ।
वैदेशीक रोजगार सम्बन्धि महिला केन्द्रीत कार्यक्रम सञ्चालन गर्दै आएको पौरखी नेपालले दोलखाको विगु गाँउपालिका र जिरी नगरपालिकामा कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रममा पौरखी नेपालको फोकल पर्सन मञ्जु गुरुङले पौरखी नेपालले सञ्चालन गरेको गतिविधि, प्राथामीकता र आगामी कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो भने पत्रकार कुमार यात्रुले समाचारमा महिलाको प्राथामीकता, वैदेशीक रोजगारीमा महिलाले भोग्नु परेको पीडा, वैदेशीक रोजगारीका सकारात्मक तथा नकारात्मक पाटोका विषयमा पत्रकारले उठाएका विषय लगायत बारे आफ्नो धारणा प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा पौरखी नेपाल दोलखाका कार्यक्रम संयोजक अश्विनि पोखरेलले पौरखी नेपालको प्राथामीकता र दोलखामा सञ्चालन गरेको कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो भने पौरखी नेपाल दोलखाको सुचना तथा सञ्चार अधिकृत शान्ति खड्काले मिडियामा पौरखी नेपालको प्राथामीकताको विषयमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा बिभिन्न सञ्चारमाध्यममा कार्यरत दोलखामा क्रियाशील पत्रकारहरुको सहभागिता रहेको थियो ।



तपाईंहरुको प्रतिकृया