सहकारीको स्थापना दिवसमा पत्रकार महासंघलाई सहयोग

अर्थ/बाणिज्य दोलखा बिशेष ब्रेकिङ्ग समाचार समाचार

प्रकाशित मिति: १० कार्तिक २०७६, आईतवार १०:३२

दोलखा/सदरमुकाम चरिकोटमा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्था लीले आफ्नो चौथो स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ दोलखा शाखाको भवन निर्माणको लागि आठ हजार एक सय रुपैया सहयोग प्रदान गरेको छ ।
त्यसैगरी स्थापना दिवसकै अवसरमा संस्थाको संरक्षित पुँजी फिर्ता कोषबाट उत्कृष्ठ बचत तथा ऋणी ३५ जनालाई पुरस्कार स्वरुप नगद प्रदान गरेको छ । बचतको अवस्था र ऋण असुलिको अवस्था हेरेर एक जना सदस्य बराबर ३५ सय देखि १० हजार रुपैयासम्म नगद पुरस्कार प्रदान गरिएको संस्थाका व्यवस्थापक मनकुमार श्रेष्ठले बताउनु भयो ।
संस्थाका अध्यक्ष कृष्णप्रसाद दहालको सभापतित्वमा सम्पन्न स्थापना दिवस कार्यक्रममा जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाई, दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जिवसराज खड्का र सचिव तारानाथ चौलागाईले मन्तव्य व्यक्त गर्नु भएको थियो । संस्थाले जेष्ठ नागरिक सम्मान कार्यक्रम समेत सुरु गर्ने र पहिलो पटक सम्मानित हुने जेष्ठ नागरिकलाई आजिवन निश्चित रकम सहयोग गर्ने विषयमा छलफल भै रहेको अध्यक्ष दहालले बताउनु भयो ।



तपाईंहरुको प्रतिकृया