महायज्ञको लागि आध्यात्मिक देउसी भैलो

अर्थ/बाणिज्य कला साहित्य ब्रेकिङ्ग समाचार समाज

प्रकाशित मिति: १० कार्तिक २०७६, आईतवार १०:१३

दोलखा/पशुपति मन्दिर संरक्षण समिति चरिकोटले मन्दिर परिसरमा महायज्ञ लगाउने उदेश्य सहित आध्यात्मीक देउसी भैलो सुरु गरेको छ ।
शनिवार देखि सुरु गरिएको आध्यात्मीक देउसी भैलो कार्यक्रम भाइटीकाको अघिल्लो दिनसम्म चल्ने पशुपति मन्दिर संरक्षण समिति चरिकोटका अध्यक्ष विपिन श्रेष्ठले बताउनु भयो । चरिकोट बजारको बिभिन्न ठाँउमा खेलीने देउसी भैलो कार्यक्रममा चरिकोटमा क्रियाशील बिभिन्न नौ वटा सांस्कृतिक तथा सामाजिक संस्थाहरुको समेत संलग्नता र सहयोग रहेको अध्यक्ष विपिन श्रेष्ठले बताउनु भयो ।
देउसी भैलो कार्यक्रमबाट सङ्कलन भएको रकम महायज्ञ सञ्चालन तथा मन्दिरको संरक्षण तथा संवद्धनमा खर्च गरिने आयोजकले जनाएको छ ।
पशुपति मन्दिर संरक्षण समितिले महायज्ञसंगै मन्दिर परिसरमा बिभिन्न धर्मिक तथा सांस्कृतिक संरचना निर्माण गरी आकर्षक धार्मिक पर्यटकीय गन्तव्य बनाउने योजना बनाएको र आफुले मन्दिरको लागि सात फिट जमिन निशुल्क दिन चाहेको अध्यक्ष विपिन श्रेष्ठ बताउनु हुन्छ । आफुले दिने सात फिट जग्गामा वाल उठाएर मन्दिरको परिसर विस्तारमा सहयोग गर्ने कुनै निकाय आए आफु तत्कालै जग्गा दिन तयार रहेको अध्यक्ष श्रेष्ठ बताउनु हुन्छ ।
यसै बीच चरिकोट गुठी, लालिगुँरास युवा क्लब, पशुपति मन्दिर संरक्षण समिति लगायतको संस्थाहरुले नेपाल सम्बतको अवसरमा ¥याली सहितको भव्य कार्यक्रम गर्ने तयारी गरिरहेको लालिगुँरास युवा क्लबका अध्यक्ष प्रविण श्रेष्ठले बताउनु भयो ।



तपाईंहरुको प्रतिकृया