२० बुदेँ घोषणापत्र जारी

अर्थ/बाणिज्य देश ब्रेकिङ्ग समाचार

प्रकाशित मिति: ६ कार्तिक २०७६, बुधबार ११:५८

काठमाडौँ/चौंथो विश्व महिला सम्मेलनको २५ औं वार्षिकोत्सवका उपलक्ष्यमा समानान्तर राष्ट्रिय प्रतिवेदन तयारीका सिलसिलामा आयोजित बेइजिङ्ग+२५ को राष्ट्रिय समीक्षा कार्यक्रम २० बुँदे काठमाडौं घोषणा–पत्र जारी गर्दै सम्पन्न भएको छ ।
सातै प्रदेसका महिला अधिकारकर्मीहरुको सहभागिता रहेको कार्यक्रमको उद्घाटन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा मगरले गर्नुभएको थियो । उद्घाटन मन्तब्यमा उहाँले महिला हिंसा अन्त्य गर्न सरकारले जिम्मेवार भएर काम गर्ने बताउनु भएको थियो । उहाँले स्थानीय तहहरु जनताको नजिकै भएकाले महिलाहरुको अवस्था स्थानीय तहसँग बुझ्ने र स्थानीय सरकारसँग मिलेर महिला हिंसा निवारण कोष निर्माण गर्ने तयारीमा सरकार रहेको बताउनुभयो ।
अन्तर्राष्ट्रिय रूपमा स्वीकार गरीएको दिगो विकास–लक्ष्य प्राप्तिका लागि बेइजिङ घोषणा तथा कार्ययोजनाको पूर्ण एवं प्रभावकारी कार्यान्वयन आवश्यक रहेको पक्षमा जोड दिँदै; बेइजिङ घोषणा तथा कार्ययोजना, महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने माग गर्दै कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय सञ्जाल संस्था बियोण्ड बेइजिङ कमिटी (बिबिसी) प्रदेशस्तरीय सम्मेलनबाट प्राप्त सुझावहरुलाई समेटेर काठमाडौं घोषणा–पत्र जारी गरिएको जनाईएको छ । बेइजिङ्ग+२५ को राष्ट्रिय समीक्षा कार्यक्रममा जारी भएको २० बुँदे काठमाडौं घोषणा–पत्रले संघीयता कार्यान्वयन संगसंगै राजनीतिक, सामाजिक तथा आर्थिक विकासका चरण तथा प्रक्रियाहरू लगायत सार्वजनिक एवं निजी क्षेत्रमा लैङ्गिक सवालहरूको मूलप्रवाहीकरण गर्ने नीति, कानुन, कार्ययोजना तथा कार्यक्रमहरुको बन्नका लागि सहयोगी हुने आयोजकले जनाएको छ ।



तपाईंहरुको प्रतिकृया