गाईखुरा महादेव मन्दिरलाई पर्यटकीय गन्तव्यमा सूचिकृत गर्नु पर्छ

अर्थ/बाणिज्य बिचार ब्रेकिङ्ग समाचार समाज

प्रकाशित मिति: ५ आश्विन २०७६, आईतवार ११:५६

टंकप्रसाद भण्डारी

दोलखा जिल्ला मेलुङ्ग गाउँपालिका २ सुकाठोकरमा प्रसिद्ध गाईखुरा महादेव मन्दिरसम्म यातायात सञ्चालन भएपछि श्रद्धालु भक्तजनहरुको भिडलाग्न थालेको छ । तीन शक्ति, एक शिला र पाँच अवतार रहेको गाईखुरा महादेव मन्दिर धार्मिक मान्यताका साथै प्राकृतिक सौन्दर्यले पनि प्रसिद्ध छ । गाईखुरा महादेवको शिलामा गाईको पाईला, थुन, बाघको पञ्जा, शिवलिङ्ग र दुई पहेँला नाग स्पष्ट देख्न सकिन्छ ।
नेपाल सरकारले पर्यटकीय गन्तव्यका लागि सुचिकृत गरेको सय स्थानमा दोलखा जिल्लाको मेलुङ्ग गाँउपालिका २, सुकाठोकरमा प्रसिद्ध गाईखुरा माहादेव मन्दिरको नाम छुटेकोले धार्मिक पर्यटन प्रबद्र्धनको विषयमा मन्त्रीस्तरीय निर्णयबाट दोलखाको गाईखुरा महादेव पनि सुचिकृत गराउन सरकार एवं संस्कृति तथा पर्यटन मन्त्रीलाई ध्यानाकर्षण गराईएको छ । धार्मिक पर्यटकीय क्षेत्र घोषणा गरि विकास गर्नुपर्ने ठाउँ गाईखुरा महादेव मन्दिर पनि हो । दैनिक हजारौं दशनार्थी भित्र्याउन सकिने धार्मिक अध्यात्मिक स्थलको विकासको लागि सबैको सहभागिता र सहयोग अपरिहार्य छ ।

किम्वदन्ती अनुसार एक कैलो गाइले आफै दुध खसालिरहेको गोठालाले देखेर पत्ता लागेको शिलामा आज पनि दुई जिवित नाग घुमि रहेको देखिन्छ । यो मन्दिरमा बेद, रुद्री, चण्डी र सवालाख वत्ती बालेर दर्शन गरेमा जुनसुकै संकट परेपनि समाधान हुने, आपत विपत दुर्घटनाबाट वचाउने, अकालमा मर्नबाट जोगाउने, धन प्राप्ति हुने विश्वास रहदै आएको छ । तीन अवतार भएको शिलामा जलधाराबाट दिएको जल शिलामा आफै सोसिन्छ बाहिर कतै बग्दैन । ६० लिटर गाईको दुध ७ घण्टा सम्म भक्तजन आफै बसेर वेद रुद्री गर्दा जलधाराबाट दिएको सवै दुध शिलामा सोसिएको कुरा दर्शनार्थीबाट जानकारी पाउन सकिन्छ ।

विगत देखिनै स्थानीयले नै सुधार संरक्षण गर्दै आएको यो स्थानमा हाल गाउँपालिकाले जिम्मा लिएर वरिपरि कम्पाउण्ड निर्माण गर्न तीस लाख बजेटको व्यवस्था गरी निर्माण कार्य अन्तिम चरणमा पु¥याएको छ । साथै सो मन्दिरको पुनः निर्माण गर्नका लागि पुरातत्व विभाग र राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई गाउँपालिकाले डेढबर्ष अगाडि नै पत्राचार गरेको थियो तर सो निकायबाट कुनै चासो देखाएको पाइएन । हिन्दुहरुको आस्थाको थलो गाईखुरा महादेवको महत्वलाई थप व्यवस्थित पार्न मेलुङ गाँउपालिकाबाट रोजगार तथा अध्ययनको शिलशिलामा काठमाडौंमा रहेका स्थानीएको सक्रियतामा गाईखुरा क्लवको स्थापना गरी सोहि क्लवद्धारा गाईखुरा महादेवको मन्दिरको संरक्षण संबद्र्धन, प्रचार प्रसार आर्थिक संकलन गरी दैनिक रुद्री र पूजापाठलाई सहयोग पु¥याउँदै आएको छ ।

नयाँ तीर्थस्थलको रुपमा श्रद्धालु भक्तजनले रुचाएको गाईखुरा महादेव मन्दिरसम्म नै यातायात सञ्चालन भएपछि टाढा टाढा देखि आएर रात बसेर पुजापाठ दर्शन गरी श्रद्धालु भक्तजनहरु फर्कने गर्दछन् । हाल फाटफुट भारतीय दर्शनार्थी पनि आउन थालेको पुजारी शिवहरी पण्डीतको भनाईछ । मन्दिर परिसरमा होमस्टेको सुधार गर्नुपर्ने र होटल तथा रिसोर्टको खाँचो देखिन्छ । अहिले मन्दिबाट फर्कदा ताजा तरकारी कोसेली ल्याउन समेत सकिने धार्मिक पर्यटकीय गन्तव्यका रुपमा काम अगाडी बढाई सकेको गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठको भनाई छ । सदरमुकाम चरिकोदेखि २७ कि.मि मोटर यात्रामा पुगिने उक्त महादेवको दर्सन गर्न दोलखा लगाएत रामेछाप सिन्धुलि, काठमाडौ उपत्यकाबाट भक्तजन पुजा पाठ र दर्सनका लागि जाने गरेका छन् ।



तपाईंहरुको प्रतिकृया