नेपाल पत्रकार महासंघ दोलखाको भवन निर्माणमा सहयोग

अर्थ/बाणिज्य मुख्य समाचार समाचार सूचना प्रबिधि स्थानीय समाचार

प्रकाशित मिति: ४ भाद्र २०७६, बुधबार १७:०६

दोलखा/आफ्नो २७ औं स्थापना दिवसको अवसरमा जिल्ला सहकारी संघ दोलखाले नेपाल पत्रकार महासंघ दोलखाको भवन निर्माणका लागि २१ हजार ५ सय आर्थिक सहयोग गरेको छ ।
स्थापना दिवसको अवसरमा चरिकोट बीच बजारमा रहेको संघको कार्यालयमा केक काटिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे र संघका अध्यक्ष हेमन्त चौलागाईले नेपाल पत्रकार महासंघका अध्यक्ष जीवन लामालाई चेक हस्तान्तरण गर्नु भएको थियो । दोलखामा निर्माण हुन लागेको भवन पत्रकार महासंघको मात्र नभई सबैको भवनको रुपमा लिएको र सबैको सहयोगलेनै भवन निर्माण हुन सक्ने अध्यक्ष चौलागाईले बताउनु भयो । नेपाल पत्रकार महासंघको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अब केही महिनामै आफ्नै भवनबाट नियमित कार्य सञ्चालन गर्ने नेपाल पत्रकार महासंघले जनाएको छ ।
स्थापना दिवसकै अवसरमा सहकारी संघले स्नेह केन्द्रलाई खाद्यन्न सहयोग गरेको छ । संस्थाका अध्यक्ष सिर्जना कार्कीलाई दैनिक उपभोग्य साम्रगीहरु दाल, चिनी, चिउरा, बिस्कुट, खाने तेल लगायतको सामग्री प्रदान गरिएको थियो । हाल स्नेह केन्द्रमा ११ जना महिला तथा बालबालिकाहरु रहेका छन् ।



तपाईंहरुको प्रतिकृया