स्थानिय तहको पहिलो प्राथामीकता कृषि

अर्थ/बाणिज्य दोलखा बिशेष ब्रेकिङ्ग समाचार रोजगार स्थानीय समाचार

प्रकाशित मिति: १५ श्रावण २०७६, बुधबार ११:४९

बिमला बुढाथोकी

दोलखा/नेपालका ६५ प्रतिशत जनता कृषि पेशामा निर्भर छन् । किसानहरुलाई कृषि पेशामा आर्कषित गराई उनीहरुको जिविकोपार्जनमा बृद्धि गर्ने उद्देश्यले अहिले धेरै स्थानिय तहले कृषि क्षेत्रलाई पहिलो प्राथामीकतामा राखि बजेट विनियोजन गरिरहेका छन् ।
दोलखाको तामाकोशी गाउँपालिकाले कृषि क्षेत्रलाई पहिलो प्राथामिकतामा राख्दै ४ करोड रकम विनियोजन गरेको छ । गाउँपालिकाले कृषि उपजको सम्भावना भएका गाउँपालिकाका आवश्यक क्षेत्रहरुमा कृषि उपज संकलन केन्द्र तथा शीत भण्डारण स्थलहरु स्थापना गर्नुका साथै विक्रि स्थलहरुको सुरुवात, तरकारी, मसलाबाली, फलपूmल, जडिबुटि एवं पोशिला घाँसका वीऊ एवं विरुवाको सुलभ मूल्यमा वितरणको व्यवस्था गर्न हाइटेक नर्सरी स्थापना, विऊ विजन बैंक स्थापना गर्ने, प्रस्तावपत्रको माग गरी स्थानीय सहकारीहरु, व्यक्ति, फर्म, समूहहरुलाई कृषि, पशुविकासका लागि सहुलियत ऋण दिने कार्यक्रमको लागि बजेट विनियोजन गरेको जनाएको छ ।
त्यसैगरी अनुदान प्रदान गर्ने कार्यलाई निरन्तरता दिने, कृषकहरुलाई अनुदान कार्यक्रममा सहभागी गराउने, हरेक वडामा समूहहरु निर्माण गरी हाते ट्रयाक्टर वितरण गर्ने गाउँपालिका भित्रको जमिनको उचित व्यवस्थापन, कृषि एवं पशु उपज निर्यात गर्ने नीतिलाई निरन्तरता दिइने, खेतीयोग्य जमिनमा कुलो निर्माण, थोपा सिचाँई, वाटर लिफ्टीङ प्रविधिको प्रयोग गरी पर्याप्त सिचाँइको लागि आवश्यक व्यवस्था गरिने, हिउँदे पोखरीहरुको निर्माण कार्यलाई प्राथमिकतामा राख्ने, प्लाष्टिक पोखरीहरु निर्माण गरी, पोखरीलाई मत्स्यपालन केन्द्र एवं सिचाँईको स्रोतको रुपमा विकास गर्ने कार्यलाई निरन्तरता दिइने लगाएतका काम गर्न ४ करोड रकम विनियोजन गरेको हो । गाउँपालिकाले गत आर्थीक बर्ष २०७५÷०७६ का लागि ३ करोड विनियोजन गरेको थियो ।
यसैगरी भीमेश्वर नगरपालिकाले समृद्धिका लागि कृषिबाली र पशुपालनमा आधुनिकीकरण, विशिष्टीकरण र व्यावसायिकरणको नीति अनुरूप नगदेबालिको उत्पादन, पकेट क्षेत्र तथा विशेष बालि तथा पशुपालनको क्षेत्र निर्धारण, स्थानीय जातका उत्पादनलाई संरक्षण र प्रवद्र्धन, कृषि उपज संकलन व्यवस्थापन, प्राङ्गारिक कृषि उत्पादनमा प्रोत्साहन, माटो परीक्षण र माटोमा खाद्यतत्वको सन्तुलन कायम, व्यावसायिक पशुपालन अनुदान र प्राविधिक सहयोग, कृत्रिम गर्भाधारण र पशु नश्ल सुधार, पशु शिविर सञ्चालन, सरुवा रोगको नियन्त्रण, कृषि उपजहरूको बजार व्यवस्थापन, उत्पादनको आधारमा कृषकलाई प्रोत्साहन, कृषिमा रोजगारी सिर्जना जस्ता सम्बन्धित कार्यक्रमलाई प्रभावकारी बनाउन बजेट विनियोजन गरेको छ । नगरपालिकाले कृषियोग्य जमिनमा दीगो एवंम् भरपर्दो सिंचाई सुविधा पु¥याउने नीति अनुरूप सिंचाई कार्यक्रमका लागि बजेट विनियोजन गरेको हो । कृषिबाली तथा पशुपालन र सिँचाई क्षेत्रका लागि नगरपालिकाले १ करोड ९८ लाख ४५ हजार बजेट विनियोजन गरेको छ । नगरपालिकाले गत बर्ष १ करोड ८६ लाख २५ हजार रकम विनियोजन गरेको थियो ।

यस्तै बैतेश्वर गाउँपालिकाले कृषि कार्यक्रमका लागि १ करोड, ६९ लाख ७२ हजार रकम विनियोजन गरेको छ ।
गाउँपालिकाले चालु आर्थीक बर्ष २०७६÷०७७ मा कृषि औजार तथा सामाग्रि खरिद, कफि खेति, मौरीपालन लगाएतका कार्यक्रम सञ्चालन गर्नका लागि १ करोड, ६९ लाख ७२ हजार रकम विनियोजन गरेको गाउँपालिकाका उपप्रमुख रविचन्द्र आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार गत बर्ष पालिकाले कृषि कार्यक्रमका लागि १ करोड २० लाख रकम विनियोजन गरेको थियो ।

शैलुङ गाउँपालिकाले पनि कृषिलाई प्राथामिकतामा राख्दै बजेट विजियोजन गरेको छ । गत बर्ष करिब १ करोडको हाराहारीमा बजेट विनियोजन गरेको गाउँपालिकाले चालु आर्थीक बर्ष २०७६÷०७७ का लागि २ करोड बढी रकम विनियोजन गरेको गाउँपालिकाका प्रमुख भरत दुलालले जानकारी दिनुभयो । कृषि क्षेत्रलाई पहिलो प्राथामिकतामा राखेर रकम विनियोजन गरे पनि यो रकम प्रयाप्त नभएको सम्बन्धित नगरपालिका तथा गाउँपालिकाका प्रमुख, उपप्रमुखले गुनासो गर्नुभएको छ । उहाँहरुका अनुसार अझै पनि विनियोजन गरिएको रकमले सबै किसानहरुलाई समेट्न सकिएको छैन् ।



तपाईंहरुको प्रतिकृया