कोरोना कहरः पोजेटिभ देखिएकाको परिवार र छिमेकीलाई समेत विभेद

देश फिचर समाचार ब्रेकिङ्ग समाचार मुख्य समाचार स्वास्थ्य

प्रकाशित मिति: १८ जेष्ठ २०७७, आईतवार १५:१०

दोलखा/कोरोना पोजेटिभ देखिएका दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर २ तिखातलका जेष्ठ नागरिकलाई कसरी संक्रमण भयो भन्ने विषयमा अन्यौलता देखिएको छ । उनको परिवारका सदस्यहरुले पुन स्वाव परिक्षणको माग गरेका छन् ।
गत जेठ १० गते हाई ब्लड प्रेसरको समस्या भएपछि उहाँलाई दोलखाको गौरीशङ्कर अस्पतालमा प्राथामीक उपचार गरिएको थियो । त्यसपछि थप उपचारको लागि काठमाडौँको केएमसी अस्पताल लगिएको उहाँको आरडिटी परिक्षण गर्दा नतिजा पोजेटिभ आएको थियो । त्यसपछि जेठ ११ गते आईतवार स्वाव परिक्षणको लागि पठाईएकोमा जेठ १४ गते बुधवार बेलुका कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना संक्रमण पुष्टि भएपछि उहाँलाई महाराजगञ्जको टिचिङ अस्पताल लगिएको र अहिले सोहि अस्पतालमा उहाँको उपचार भै रहेको परिवारका सदस्यहरुले बताएका छन् ।
उहाँलाई कोरोना पोजेटिभ देखिएपछि शुक्रवार उहाँको प्राथामीक उपचारमा प्रत्यक्ष संलग्न गौरीशङ्कर अस्पतालका ६ जना स्वास्थ्यकर्मी, उहाँको तिखातल घरमा रहेका दुई नातिनी, उहाँको प्रत्यक्ष सम्पर्कमा पुगेका छिमेकी, नातेदार नेपाली सेनाका एक जवान र उनको साथीहरु तथा उहाँलाई अस्पताल लाने चालक गरी २५ जनाको स्वाव सङ्कलन गरी पिसिआर विधिबाट परिक्षण गरिएको थियो । त्यसैगरी काठमाडौँमा उहाँलाई अस्पताल पु¥याउने बुहारी, उहाँको नाति, नातिनी र नातिनीको साथी गरी चार जनाको पनि पिसिआर विधिबाट कोरोना परिक्षण गरीएकोमा सबैको नतिजा नेगेटिभ आएको छ ।
कोरोना संक्रमित जेष्ठ नागरिकको परिवारका एक सदस्य उहाँलाई कोरोना पोजेटिभ देखिएपछि आफुहरुले मानसिक रुपमा ठूलै तनाव झेल्नु परेको बताउछन् । उहाँको बाहेक हामी सबैको कोरोना नतिजा नेगेटिभ आईसक्दा पनि समाजले अझै हामीलाई विभेद गरेको छ यसले हामीलाई मानसिक तनाब भएको छ – परिवारका ती सदस्यले गुनासो गर्दै भने ।
कोरोना पोजेटिभ भनिएको उहाँ बाहेक सबैको नतिजा नेगेटिभ आएकोले आफुहरुलाई परिक्षणमै शङ्का लागेको उहाँको परिवारका सदस्यहरु बताउछन् । त्यसैले उहाँको पुनः परिक्षण गरी आफुहरुले ब्यहोरेको मानसिक तनाबबाट मुक्ति पाउनु पर्ने उनीहरुको भनाई छ । हामी सबैको पिसिआर विधिबाट परिक्षण गर्दा २४ घण्टामै नतिजा आयो तर उहाँको परिक्षणको नतिजा आउन भने चार दिन लाग्यो ती नातेदारले भने ।
कोरोना संक्रमित जेष्ठ नागरिकको घर रहेको तिखातलका छिमेकीहरु पनि उहाँमा कसरी कोरोना संक्रमण देखियो भन्ने कुरामा आश्चर्य लागेको बताउछन् । उमेरकै कारणले पनि उहाँ लक डाउन पछि कतै पनि हिडडुल गरेका छैनन् उहाँको नातेदार ज्ञानु योगीले भन्नु भयो – लक डाउन अघि २०७६ फागुन १०÷११ गते तिर इन्डियन आर्मीको पेन्सन लिन विरगञ्जसम्म पुगेर आएका हुन् । त्यतिबेला विरगञ्ज जाँदा पनि स्वास्थ्यकै कारणले उहाँ गाडिबाट समेत नझरेको आफुले जानकारी पाएको योगीको भनाई छ ।
उहाँलाई विरगञ्ज लिएर जाने गाडिको चालकको समेत पिसिआर विधिबाट कोरोना परिक्षण गरिएकोमा नेगेटिभ आएकोले उहाँलाई विरगञ्जमा संक्रमण भयोकी भन्ने संभावना समेत नरहेको योगी बताउनु हुन्छ । उहाँलाई कोरोना संक्रमण देखिएपछि केहि समय आफुहरुले सामाजिक रुपमा समस्या भोग्नु परेपनि अहिले छिमेकी लगायत सबैको पिसिआर परिक्षणको नतिजा नेगेटिभ आएपछि समस्या नभएको योगीले बताउनु भयो ।



तपाईंहरुको प्रतिकृया