दोलखाका तत्कालिन प्रजिअ रिजाललाई निलम्बन गर्न अख्तियारको पत्र

देश ब्रेकिङ्ग समाचार मुख्य समाचार समाचार

प्रकाशित मिति: २४ मंसिर २०७६, मंगलवार १२:२३

काठमाडौँ/दोलखाका तत्कालिन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयलाई मंगलवार पत्र पठाएको छ ।
अख्तियारको पत्रमा दोलखाका प्रमुख जिल्ला अधिकारी उप सचिव खगेन्द्रप्रसाद रिजालले आफ्नो क्षेत्राधिकार भित्रको मुद्दाका अभियुक्तहरुलाई धरौटीमा रिहा गर्न निजहरुसंग घुस रकम लिएको भन्ने सूचना एवं पत्रपत्रिकामा प्रकाशीत समाचारहरु उपर यस आयोगबाट अनुसनधान भै रहेको र निज खगेन्द्रप्रसाद रिजालले भ्रष्टाचारजन्य कार्य गरेको सम्बन्धमा अनुसन्धान भै रहेको अवस्थामा निज पदमा बहाल रहि रहदा आफ्नो विरुद्धको प्रमाण लोप तथा नष्ट गर्ने वा अनुसन्धान र तहकिकातमा बाधा ब्यवधान पु¥याउन सक्ने भएको हुँदा निजलाई अख्तियार दुरुपयोग अनुसनधान आयोग ऐन, २०४८ को दफा १९ को उपदफा ३ बमोजिम निलम्बन गर्न भन्ने ब्यहोरा उल्लेख छ ।
दोलाखका तत्कालिन प्रमुख जिल्ला अधिकारी रिजाललाई सार्वजनिक अपराध मुद्दाका प्रतिवादी दोलखा मेलुङ ४ भेड्पुका ४० बर्षिय कुमार लामासंग अवैधानिक ढङ्गले ९० हजार रुपैया लिएको आरोप लागेको हो ।
उनले सार्वजनिक सुरक्षा विरुद्धको मुद्दामा प्रतिवादी दोलखा कालिञ्चोक गाँउपालिका वडा नम्बर १ का २८ बर्षिय इन्द्र पाख्रिन र उनका ५१ बर्षिय बाबु उदिम तमाङसंग पनि ५० हजार लिएर आउनु भनि ३५ हजार आफुले राखि तल फाँटमा सात हजारको दरले दुई जनालाई १४ हजारको मात्र रसिद काट्न लगाएको आरोप समेत लागेको छ ।
प्रमुख जिल्ला अधिकारी रिजालले अभियुक्तहरुसंग बढी लिएको स्वीकार गर्नुहुदै उक्त रकम पीडितलाई उपचार खर्च या क्षतिपूर्ति बापत दिनुपर्ने हुनसक्ने भएकोले राखेको बताउनु भएको थियो ।



तपाईंहरुको प्रतिकृया