दोलखाबाटै पत्रकार परिचयपत्र वितरण

देश पत्रपत्रिका ब्रेकिङ्ग समाचार मुख्य समाचार समाचार सूचना प्रबिधि

प्रकाशित मिति: ८ असार २०७६, आईतवार १२:३९

दोलखा/सूचना तथा प्रसारण विभाग सञ्चारग्राम काठमाडौँले दोलखा सदरमुकाम चरिकोटमा सञ्चालन गरेको विशेष शिविरमा २० जना पत्रकारहरुले प्रेस प्रतिनिधि प्रमाणपत्र लिएका छन् ।
आईतवार सञ्चालन गरिएको शिविरमा छापा खाना र प्रकाशनसम्बन्धी नियमावली २०४९ को अनुसुचि ११ नियम ९ को उपनियम ५ सग सम्बन्धीत एउटा स्वतन्त्र प्रेस प्रतिनिधि प्रमाणपत्र, १५ वटा बिभिन्न सञ्चार माध्यमबाट नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र र चार वटा प्रेस प्रतिनिधि प्रमाणपत्र नविकरण गरिएको सूचना तथा प्रसारण विभागका खगेन्द्र कार्कीले बताए । दोलखा सदरमुकाम चरिकोटमा सञ्चालन गरिएको शिविरमा मोफसलमै पहिलो पटक स्वतन्त्र पत्रकार परिचयपत्र समेत वितरण गरिएको शिविरको नेतृत्व गर्नु भएको सूचना तथा प्रसारण विभागका निमित्त महानिर्देशक ध्रुबकुमार पोखरेलले बताए ।
विभागले हरेक बर्ष बिभिन्न जिल्लामा पुगेर शिविर सञ्चालन गर्ने उक्त शिविरमा पत्रकार परिचयपत्र वितरण, पत्रकारिता तालिम र पत्रकारिता सम्बन्धि छलफल कार्यक्रम समेत सञ्चालन गर्दै आएको निमित्त महानिर्देशक पोखरेलले बताए । यो बर्ष देशको बिभिन्न चार ठाँउमा शिविर सञ्चालन गरिएको विभागले जनाएको छ । यस्तो शिविरले काठमाडौँसम्म पुगेर प्रेस प्रतिनिधि प्रमाणपत्र लिन नसकेका क्रियाशिल पत्रकारहरुलाई सहज हुने निमित्त महानिर्देशक पोखरेलले बताए ।
विभागले सदरमुकाम चरिकोटमा शुक्रवार र शनिवार पत्रकारिता सम्बन्धि छलफल र क्रियाशिल पत्रकारहरुको लागि पत्रकारिता तालिमको समेत आयोजना गरेको विभागका शाखा अधिकृत रुपा विकले बताईन् । शिविरमा तीन वटा अनलाईनको दर्ता समेत गरिएको शाखा अधिकृत विकले बताईन । शिविरमा विभागका निमित्त महानिर्देशक ध्रुबकुमार पोखरेल, शाखा अधिकृत रुपा विक, रामेश्वर कार्की र खगेन्द्र कार्कीको सहभागिता रहेको थियो । पत्रकारिता तालिममा डा विजय मिश्रले पत्रकारिताको विविध विषयमा प्रशिक्षण दिएका थिए ।



तपाईंहरुको प्रतिकृया