डा. दहाल अष्ट्रेलियन सरकारको उच्च तहमा

देश ब्रेकिङ्ग समाचार रोजगार

प्रकाशित मिति: २० माघ २०७५, आईतवार ०८:२२

दोलखा/दोलखाको एक युवक अष्ट्रेलियन सरकारको रक्षा विभागको कार्यकारी तहमा नियुक्त भएका छन् । दोलखा बैतेश्वर गाँउपालिका वडा नम्बर ४ मैनापोखरीका ३७ बर्षिय डा. नवराज दहाल अष्ट्रेलियन सरकारको रक्षा विभागको कार्यकारी तहमा नियुक्त भएका हुन् ।
नेपालबाट गएर अष्ट्रेलियाको सरकारी सेवाको त्यो तहसम्म पुग्ने दहाल पहिलो हुन् । दहाललाई गत माघ ५ गते अष्ट्रेलियन सरकारले अनुसन्धान बैज्ञानिकको रुपमा रक्षा विभागको कार्यकारी तहमा नियुक्त गरेको हो । अष्ट्रेलियन सरकारबाट आफुले मानव रहित विमान निर्माणको लागि आवश्यक अनुसन्धानको जिम्मेवारी पाएको डा. दहालले बताए । डा.दहाल बिगत १० वर्षदेखि साउथ अष्ट्रेलियाको एडिलेडमा बसोबास गर्दै आईरहेका छन् ।
२०५५ सालमा काठमाडौको भिएस निकेतनबाट प्रथम श्रेणीमा एसएलसी उत्तिर्ण गरेका दाहालले काठमाडौ युनिभर्सिटीबाट आइएससी उत्तिर्ण गरेका थिए । पुल्चोक इन्जिनियरिङ कलेजबाट २०६२ सालमा इलेक्ट्रोनिक्समा बिई पास गरे पछि छात्रवृत्तिमा साउथ अष्ट्रेलियन विश्वविद्यालयमा एमई गरेका दहालले सन् २०१५ मा साउथ अष्ट्रेलियन विश्वविद्यालयबाट इन्जिनियरिङ विषयमा पीएचडी गरेका हुन् ।



तपाईंहरुको प्रतिकृया