सिन्धुपाल्चोकको लिदि पहिरोमा बेपत्ता मध्य १८ जनाको शव भेटियो

ब्रेकिङ्ग समाचार मुख्य समाचार समाचार

प्रकाशित मिति: ३१ श्रावण २०७७, शनिबार १५:०९

काठमाडौँ/सिन्धुपाल्चोक जिल्लाको जुँगल गाँउपालिका वडा नम्बर २ लिदिमा शुक्रवार विहान ६ः३० बजे गएको पहिरोमा परी बेपत्ता भएका मध्य शनिवार साँझसम्म १८ जनाको शव भेटिएको बागमति प्रदेश प्रहरी कार्यालय हेटौडाले जनाएको छ ।
बेपत्ता मध्य तीन जना पुरुष, चार जना महिला, छ जना बालक र पाँच जना बालिकाको शव भेटिएको बागमति प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक रोशन थापाले बताउनु भयो । बेपत्ता मध्य ११ जनाको शव शुक्रवार भेटिएको थियो भने ७ जनाको शव शनिवार भेटिएको हो । अझै २१ जना बेपत्ता रहेको प्रहरी निरीक्षक थापाले बताउनु भयो ।
शनिवार साँझसम्म जुँगल गाँउपालिका वडा नम्बर २ लिदिका ३६ बर्षिय टिकामाया दोङ, १४ बर्षिय छिरिङ दोङ, ८० बर्षिय जिते झाक्रि, ८ बर्षिय मिलन दोङ, ५ बर्षिय सानु दोङ, ७० बर्षिय जयबहादुर दोङ, ३० बर्षिय सानो कान्छी भन्ने दावा लामु दोङ, ५ बर्षिय प्रिती दोङ, ५ महिनाको कान्छी भन्ने तारालामु दोङ, ३४ बर्षिय धनमाया तमाङ दोङ, ४ महिनाको रेमीश दोङ, १६ बर्षिय माईला पराङ दोङ, ३७ बर्षिय मेकमाई दोङ, ११ बर्षिय च्यामा दोङ र ७ बर्षिय बिमला दोङ, ७ महिनाको कबिर दोङ, ११ बर्षिय लक्ष्मी दोङ र ३० बर्षिय मानबहादुर दोङ रहेका छन् ।
पहिरोमा परी घाईते हुनेहरु मा ९ बर्षिय रुप बहादुर दोङ, ४३ बर्षिय जुनुमाया दोङ, ६० बर्षिय केवरी तमाङ, २३ बर्षिय पासाङ दोङ र करिब ५० बर्षिय यामुलामु दोङ रहेका छन् । घाईते पाँच जना मध्य रुप बहादुर दोङ शनिवार डिस्चार्ज भएको र बाँकी घाईतेहरुको जिल्ला अस्पताल चौतारा र सिभिज अस्पताल बानेश्वर काठमाडौँमा उपचार भै रहेको प्रहरीले जनाएको छ ।
अहिले पनि नेपाली सेनाको उपसेनानीको कमाण्डमा ३५ जना, नेपाल प्रहरीको प्रहरी निरीक्षकको कमाण्डमा १५ जना र सशस्त्र प्रहरीको प्रहरी निरीक्षकको कमाण्डमा १५ जना बेपत्ताहरुको खोजि र घाईते तथा पीडितको उद्दारमा खटिरहेको प्रहरीले जनाएको छ ।



तपाईंहरुको प्रतिकृया