स्वास्थ्य सामग्री सहयोग

ब्रेकिङ्ग समाचार समाचार स्वास्थ्य

प्रकाशित मिति: ४ श्रावण २०७७, आईतवार १५:३१

दोलखा/दोलखाली समाज दक्षिण कोरीयाले कोरोना नियन्त्रण र सचेतनाको लागि जिल्ला विपद् व्यवस्थापन समिति दोलखालाई बिभिन्न स्वास्थ्य सामग्रहरु हस्तान्तरण गरेको छ ।
दोलखाली समाज दक्षिण कोरीयाका अध्यक्ष सुजनराज शर्मा नेतृत्वको टोलिले सङ्कलन गरेको तीन लाख ६२ हजार बराबरको स्वास्थ्य सामग्री सामुदायीक रेडियो प्रशारक संघका केन्द्रीय कोषाध्यक्ष लक्ष्मण खड्काले प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा पौडेललाई हस्तान्तरण गर्नु भयो ।
दोलखाली समाज दक्षिण कोरीयाले सङ्कलन गरेको रकमबाट १२ सय थान भिटिएम, १ हजार थान सर्जिकल मास्क, २० थान पिपिइ, २ सय थान केएन –९५ मास्क, ५० थान लङ ग्लोब्स र १० पाकेट ग्लोब बक्स खरीद गरी जिल्ला विपद् व्यवस्थापन समिति दोलखालाई उपलब्ध गराएको हो ।
स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिती दोलखाका प्रमुख डबल पाण्डे, भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसी, प्रमुख जिल्ला अधिकारी भिम कान्त शर्मा पौडेल, तारादल गणका गणपति निकिल कुँवर, प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेल, सशस्त्र प्रहरी नायव उपरीक्षक मोहन क्षेत्री लगायतको सहभागिता रहेको थियो ।



तपाईंहरुको प्रतिकृया