एकता कायम राख्न नेकपा दोलखाको ध्यानाकर्षण

ब्रेकिङ्ग समाचार मुख्य समाचार राजनीति

प्रकाशित मिति: २० असार २०७७, शनिबार १७:४३

दोलखा/नेकपाको स्थाई कमिटी बैठकको क्रममा नेताहरु बीच चरम विवाद भै पार्टी फुटको नजिक पुग्न लागेपछि पार्टीका दोस्रो पुस्ताका नेताहरुसंगै पार्टी जिल्ला कमिटीका नेताहरु समेत पार्टी एकता कायम राख्न खर्बदारी अभियानमा जुटेका छन् ।
नेकपा दोलखाले शनिवार केन्द्रीय कार्यालयमा ध्यानाकर्षण पत्र लेख्दै स्वदेशी तथा विदेशी प्रतिकृयावादीलाई खुशी र उत्साहित तुल्याउने गरी भएका गतिविधि अन्त्य गरी छलफल तथा सहकार्यलाई निरन्तरता दिदै पार्टीलाई मजबुद एकमना एकताका साथ अघि बढाउन नेतृत्वलाई आग्रह गरेको छ ।
ध्यानाकर्षण पत्रमा स्थाई कमिटी सदस्यहरु बिभिन्न मतमा विभाजन भै पार्टी एकता, जनभावना, पार्टी कार्यकर्ताको भावना माथि चोट पु¥याउने कार्य प्रशंसा योग्य नभएको उल्लेख गरिएको छ । पत्रमा देशभरका पार्टी कार्यकर्ताहरुलाई यता वा उता नलागी पार्टी एकताको पक्षमा उभिन आग्रह गर्दै जनताको हितमा सरकार सञ्चालन गर्न ध्यानाकर्षण गरिएको छ ।
त्यसैगरी सम्पूर्ण प्रवासी नेपाली एकता मञ्चले विज्ञप्ति प्रकाशीत गर्दै नेकपा भित्र देखिएको विवाद आपसि छलफलबाट समाधान निकाल्न आग्रह गर्दै विभाजन हुनबाट रोक्न आग्रह गरेका छन् ।



तपाईंहरुको प्रतिकृया