दोलखामा पनि कोरोना संक्रमण पुष्टि

ब्रेकिङ्ग समाचार मुख्य समाचार समाचार

प्रकाशित मिति: १४ असार २०७७, आईतवार १२:२७

दोलखा/दोलखामा पहिलो पटक दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दोलखा गौरीशङ्कर गाँउपालिका वडा नम्बर ५ मा रहेको हलेश्वर माविको क्वारेन्टिनमा रहेका एक पुरुष र एक महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
कोरोना संक्रमण पुष्टि भएको पुरुष १२ दिन अघि भारतबाट आएको तथा महिला ६ दिन अघि कतारबाट आएको गौरीशङ्कर गाँउपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का वडा अध्यक्ष डिल्लीध्वज वस्नेतले बताउनु भयो ।
हलेश्वर माविको क्वारेन्टिनमा रहेको २५ जनामध्ये ७ जनाको पिसिआर विधिबाट स्वाव सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ पठाईएकोमा दुई जनाको कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले बताउनु भयो । दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि बाँकी सबैको स्वाव सङ्कलन गरी आईतवार नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाईएको झाले बताउनु भयो ।
कोरोना पुष्टि भएका दुई जनालाई सदरमुकाम चरिकोटमा रहेको आईसोलेशनमा राखिने स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।यस अघि दोलखाको एक जनाको कोरोनाका कारण मृत्यु र दुई जना संक्रमित बनेको भएपनिउनीहरुलाई दोलखामा नभै काठमाडौँ र रुकुममा कोरोना देखिएको थियो ।



तपाईंहरुको प्रतिकृया