दोलाखका कोरोना संक्रमित जेष्ठ नागरिकको मृत्यु

ब्रेकिङ्ग समाचार मुख्य समाचार समाचार स्वास्थ्य

प्रकाशित मिति: २१ जेष्ठ २०७७, बुधबार १२:१९

दोलखा/कोरोना संक्रमणका कारण दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर २ तिखातलका ७६ बर्षिय जेष्ठ नागरिकको बुधवार (आज) उपचारकै क्रममा काठमाडौँ महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा ज्यान गएको छ । उहाँको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
गत जेठ १० गते हाई ब्लडप्रेसरको समस्या भएपछि उहाँलाई दोलखाको गौरीशङ्कर अस्पतालमा प्राथामीक उपचार गरी थप उपचारको लागि काठमाडौँको केएमसी अस्पतालमा लगिएको थियो ।
केएमसिमा आरडिटी परिक्षणमा पोजेटिभ देखिएकोले जेठ ११ गते स्वाव सङ्कलन गरी पिसिआर परिक्षणको लागि पठाईएकोमा जेठ १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भए लगतै जेठ १४ गतेनै उहाँलाई टिचिङ अस्पतालको गणेशमान भवनको आईसियुमा राखेर उपचार गराईएको थियो ।
मृतक जेष्ठ नागरिकमा कसरी संक्रमण भयो भन्ने विषयमा देखिएको अन्यौलता भने कायमै छ । मृतकलाई जेष्ठ नागरिकमा कोरोना पोजेटिभ देखिएपछि जेठ १६ गते शुक्रवार उहाँको प्राथामीक उपचारमा प्रत्यक्ष संलग्न गौरीशङ्कर अस्पतालका ६ जना स्वास्थ्यकर्मी, उहाँको तिखातल घरमा रहेका दुई नातिनी, उहाँको प्रत्यक्ष सम्पर्कमा पुगेका छिमेकी, नातेदार नेपाली सेनाका एक जवान र उनको साथीहरु तथा उहाँलाई अस्पताल लाने चालक गरी २५ जनाको स्वाव सङ्कलन गरी पिसिआर विधिबाट परिक्षण गरिएको थियो । त्यसैगरी काठमाडौँमा उहाँलाई अस्पताल पु¥याउने बुहारी, उहाँको नाति, नातिनी र नातिनीको साथी गरी चार जनाको पनि पिसिआर विधिबाट कोरोना परिक्षण गरीएकोमा सबैको नतिजा नेगेटिभ आएको छ ।
कोरोना संक्रमित जेष्ठ नागरिकको घर रहेको तिखातलका छिमेकीहरु उहाँमा कसरी कोरोना संक्रमण देखियो भन्ने कुरामा आश्चर्य लागेको बताउछन् । उमेरकै कारणले पनि उहाँ लक डाउन पछि कतै पनि हिडडुल गरेका छैनन् उहाँको नातेदार ज्ञानु योगीले भन्नु भयो – लक डाउन अघि २०७६ फागुन २० गते तिर इन्डियन आर्मीको पेन्सन लिन विरगञ्जसम्म पुगेर आएका हुन् । त्यतिबेला विरगञ्ज जाँदा पनि स्वास्थ्यकै कारणले उहाँ गाडिबाट समेत नझरेको आफुले जानकारी पाएको योगीको भनाई छ । उहाँलाई विरगञ्ज लिएर जाने गाडिको चालकको समेत पिसिआर विधिबाट कोरोना परिक्षण गरिएकोमा नेगेटिभ आएकोले उहाँलाई विरगञ्जमा संक्रमण भयोकी भन्ने संभावना समेत नरहेको योगी बताउनु हुन्छ । मृतक जेष्ठ नागरिकको उपचार भएको केएमसि अस्पतालमा चार जनालाई कोरोना संक्रमण देखिएपछि मृतकलाई पनि केएपसिमै कोरोना संक्रमण भएको हुनसक्ने परिवारका सदस्यहरुले आशंका गरेका छन् ।



तपाईंहरुको प्रतिकृया