इन्टरनेट प्रविधि मार्फत विपद् पत्रकारिता तालिम

ब्रेकिङ्ग समाचार मुख्य समाचार सूचना प्रबिधि

प्रकाशित मिति: २५ बैशाख २०७७, बिहीबार १४:५३

काठमाडौँ/नेपाल प्रेस इन्स्टिच्युटले बेलायत स्थित बर्नमथ युनिभर्सिटीको सहयोगमा लक डाउनकै अवधिमा इन्टरनेट प्रविधि मार्फत विपद् पत्रकारिता तालिम सम्पन्न गरेको छ ।
एक हप्तासम्म सञ्चालन भएको तालिममा ४० जिल्लाका ६२ जना पत्रकारहरुको सहभागिता रहेको नेपाल प्रेस इन्स्टिच्युटका तालिम संयोजक एवं प्रशिक्षक कपिल काफ्लेले बताउनु भयो ।
तालिममा इन्टरनेट प्रविधि मार्फत बर्नमथ युनिभर्सिटीका प्रा. आइनार थोरसन र डा. चिण्डु श्रीधरणले विपद् रिर्पोटिङको विषयमा प्रशिक्षण दिनु भएको थियो भने नेपाल प्रेस इन्स्टिच्युटको तर्फबाट बरिष्ठ पत्रकार कपिल काफ्ले, मन्टेश्वरी राजभण्डारी, लक्ष्मण उप्रेती र मोहन नेपाली तथा विज्ञ प्रशिक्षक विज्ञान शर्माले बिभिन्न विषयमा प्रशिक्षण दिनु भएको थियो ।
विहिवार भएको तालिम समापनमा नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष निलकण्ठ उप्रेती र महासचिव लक्ष्मण हुँमागाईले लक डाउनको समयमा पनि समय निकालेर तालिममा सहभागि भएकोमा सबैलाई धन्यवाद ज्ञापन गर्दै पत्रकारहरुको चाहना अनुसार अर्को समूहलाई पनि तालिमको व्यवस्था गरिने बताउनु भयो ।
तालिममा एक सय २८ जनाको आवेदन प्राप्त भएकोमा यो पटक ६२ जनालाईमात्र सहभागि गराउन सकिएको तालिमका संयोजक काफ्लेले जानकारी दिनु भयो ।



तपाईंहरुको प्रतिकृया