बसको ठक्करबाट बालकको मृत्यु

ब्रेकिङ्ग समाचार मुख्य समाचार स्थानीय समाचार

प्रकाशित मिति: ९ फाल्गुन २०७६, शुक्रबार ०९:५८

दोलखा/दोलखाको कालिञ्चोक गाँउपालिका वडा नम्बर ९ सुन्द्रावतीमा शिवरात्रीको पुजालाई चन्दा सङ्कलन गरिरहेका एक बालकलाई बसले ठक्कर दिदा उनको घट्ना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
शिवरात्रीको पुजाको लागि सवारी साधनहरुसंग चन्दा सङ्कलन गर्न कम्मरमा डोरी बानेर सडक छेउमा बसेका कालिञ्चोक गाँउपालिका वडा नम्बर ९ सुन्द्रावतीका १० बर्षिय बालक पुजन थामीलाई बा ४ ख ५८०९ नम्बरको बसले ठक्कर दिदा थामीको घट्ना स्थलमै मृत्यु भएको दोलाखका प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिनु भयो ।
चरिकोटबाट सिंगटी तर्फ जादै गरेको उक्त बससंग चन्दा सङ्कलन गर्न मृतक बालकले कम्मरमा डोरी बाँधेर बसेको हुनसक्ने प्रहरीले जनाएको छ । बसको चालक र बसलाई नियन्त्रणमा लिई थप अनुसन्धान भै रहेको प्रहरी निरीक्षक बोहोराले बताउनु भयो ।



तपाईंहरुको प्रतिकृया