ट्याक्टर दुर्घटना हुँदा चालक घाईते

ब्रेकिङ्ग समाचार समाचार स्थानीय समाचार

प्रकाशित मिति: २२ पुष २०७६, मंगलवार १५:१६

दोलखा/दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ३ पुरानो बजारबाट सडक विभाग निस्कने सडक खण्डमा मंगलवार (आज) साँझ आठ बजेतिर ट्याक्टर दुर्घटना हुदा चालक घाईते भएका छन् ।
पुरानोबजारबाट सातदोबाटो तिर जादै गरेको ना ६ त १८१३ नम्बरको ट्याक्टर सडकबाट झण्डै दुई सय मीटर तल खस्दा चालक रामेछाप मन्थली घर भएका यमराज मगर सख्त घाईते भएको प्रहरीले जनाएको छ । घाईते चालक मगरलाई प्रहरी र स्थानियले उद्दार गरी प्रस्तावित चरिकोट असपतालमा उपचारको लागि लगेको र उनको उपचार भै रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।



तपाईंहरुको प्रतिकृया