जंगली भालुको आक्रमणबाट एक युवक घाईते

दोलखा बिशेष ब्रेकिङ्ग समाचार स्थानीय समाचार

प्रकाशित मिति: १७ मंसिर २०७६, मंगलवार १०:३७

दोलखा/दोलखाको विगु गाँउपालिका वडा नम्बर ४ चित्रेका टुल्के तमाङलाई मंगलवार जंगली भालुले आक्रमण गरेर घाईते बनाएको प्रहरीले जनाएको छ ।
चित्रेका काले तमाङको २४ बर्षिय छोरा टुल्केलाई घर नजिकैको गोठमा बाख्रालाई घास हाल्न जाने क्रममा जंगली भालुले आक्रमण गर्दा टाउको, अनुहार लगायत शरिरको बिभिन्न भागमा आक्रमण गरी गम्भीर घाईते बनाएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहराले बताउनु भयो ।
घाईते तमाङलाई सिंगटी बजारमा प्राथामीक उपचार पछि थप उपचारको लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।



तपाईंहरुको प्रतिकृया