दोलखाबाट गएको बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना हुँदा ६ जनाको मृत्यु

ब्रेकिङ्ग समाचार मुख्य समाचार समाचार

प्रकाशित मिति: १७ कार्तिक २०७६, आईतवार ०९:०८

दोलखा/दोलखाको शैलुङ गाँउपालिका वडा नम्बर ५ काटाकुटीबाट काठमाडौँ तर्फ जाँदै गरेको बा २ ख ७२४५ नम्बरको यात्रुवहाक बस सिन्धुपाल्चोकको सुकुटे बीच रिर्सोट नजिकबाट सुनकोशी नदिमा खस्दा छ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बस दुर्घटनामा परी छ जनाको मृत्यु भएको पुष्टि भै सकेको बताउनु भयो । सुनकोसी नदिले धेरैलाई बगाएकोले मृतकको संख्या बढ्न सक्ने प्रहरी नायव उपरीक्षक काफ्लेले बताउनु भयो ।
उक्त बस दोलखाको शैलुङ गाँउपालिका वडा नम्बर ५ काटाकुटीबाट विहान ७ बजे छुटेको थियो भने वडा नम्बर ४ मागा बागखोरबाट ९ बजे काठमाडौँको लागि छुटेको थियो ।
दुर्घटना स्थलबाट बसका चालक दोलखा शैलुङ गाँउपालिका वडा नम्बर ४ मागाका धनबहादुर तमाङ लगायत २०÷२२ जनालाई उद्दार गरी खाडीचौर अस्पतालमा उपचार भै रहेको प्रहरीले जनाएको छ । बसमा झण्डै ४० जना यात्रु रहेको प्रहरीको भनाई छ । दुर्घटना स्थलमा नेपाल प्रहरी, शसस्त्र, नेपाली सेना र स्थानियले उद्दारको काम गरिरहेको र मृतकको नाम तथा घटनाको पूर्ण विवरण प्राप्त भै नसकेको प्रहरीले जनाएको छ ।



तपाईंहरुको प्रतिकृया